कस्लाई दोस दिनु मैले भाग्य फुटेपछी
आफ्नो भन्ने बाट आफ्नै छाँया छुटेपछी !
*
दिन आउँछ पर्ख भन्यौ पर्खिएर बसें
फ्याँकी दियौ दोबाटोमा अरु जुटेपछी !
*
खुसी दिन्छु भन्थ्यौ हिजो आँसु मात्र पाएँ
रित्तो मन समाल्दैछु यो तन् लुटेपछी !
*
नदिनु है कसैलाई मलाइ जस्तो चोट
आफैंलाई धिक्कार्दै छु मनले कुटेपछी !
*
भैगो अब यो जिन्दगी फाली दिन्छु बरु
किन साँच्नु व्यर्थै खुशी सपना टुटे पछी !
.*
बिमला अधिकारी
भरतपुर चितवन
आफ्नो भन्ने बाट आफ्नै छाँया छुटेपछी !
*
दिन आउँछ पर्ख भन्यौ पर्खिएर बसें
फ्याँकी दियौ दोबाटोमा अरु जुटेपछी !
*
खुसी दिन्छु भन्थ्यौ हिजो आँसु मात्र पाएँ
रित्तो मन समाल्दैछु यो तन् लुटेपछी !
*
नदिनु है कसैलाई मलाइ जस्तो चोट
आफैंलाई धिक्कार्दै छु मनले कुटेपछी !
*
भैगो अब यो जिन्दगी फाली दिन्छु बरु
किन साँच्नु व्यर्थै खुशी सपना टुटे पछी !
.*
बिमला अधिकारी
भरतपुर चितवन
No comments:
Post a Comment