घरको धन्दा निम्ट्याएर सिस्ने खोला तरिसके
लौन साथी छिट्टो गर सबै बेसी झरिसके !
*
आकाश ढाक्यो बादलुले सिमसिम पानी पर्न थाल्यो
बाउसे गर्ने बाउसे दाइ नि गरातिर सरिसके !!
*
हातमा बिउ लिन थाले साथीसंगी रमाउदै
आसारेको भाका हाल्ने अब सुर गरिसके !!!
*
रोपारे र बाउसे बीच छेपा छेप गर्दै हिलो
बाउसे दाइ बिचरा ति फन्दा भित्र परिसके !!!!
*
रमाइलोमा दिन बित्यो थकाइ छ एकातिर
बाँकी रह्यो बिउ अझै तर गरा भरिसके !!!!!
*
बिमला अधिकारी [देवकोटा ]
भरतपुर चितवन
लौन साथी छिट्टो गर सबै बेसी झरिसके !
*
आकाश ढाक्यो बादलुले सिमसिम पानी पर्न थाल्यो
बाउसे गर्ने बाउसे दाइ नि गरातिर सरिसके !!
*
हातमा बिउ लिन थाले साथीसंगी रमाउदै
आसारेको भाका हाल्ने अब सुर गरिसके !!!
*
रोपारे र बाउसे बीच छेपा छेप गर्दै हिलो
बाउसे दाइ बिचरा ति फन्दा भित्र परिसके !!!!
*
रमाइलोमा दिन बित्यो थकाइ छ एकातिर
बाँकी रह्यो बिउ अझै तर गरा भरिसके !!!!!
*
बिमला अधिकारी [देवकोटा ]
भरतपुर चितवन
No comments:
Post a Comment