Sunday, August 19, 2012

कविता:**दशैको सम्झना**

दशैँ आयो उमंगले हर्स बढाई छाउँदै होला
आमा सम्झी सन्तानलाई कति याद आउँदो होला !
,
सन्तानको चाहनालाई पुरा गर्ने आशा बोकी
कठोरिदै टाढा भए मुटु माथि ढुंगा ठोकी !
,
मिठो खाना पकाएर खाना दिने आमा छैन
साथमा राखुँ भने सधै लाउन दिने नाना छैन !
,
बदलिन्छ ऋतु सधै ओत दिने छानो छैन
दिन भरि काम गर्यो छाक टार्ने मानो छैन !
,
सधै आसुँ बर्सिदिन्छ खुसि सबै लुकेपछी
गरिबीको पोल्टो माथि जन्म लिन पुगेपछि !
,
ममतालाई खाती राखी तिम्रो खुसि टार्दैछु म
जतिसक्छु तिम्रो लागि खुसीको बार बारदै छु म
जति सक्छु तिम्रो लागि खुसीको बार बारदै छु म !
,
बिमला देवकोटा

No comments:

Post a Comment