केहि नारीका आवाज बोकेका मुक्तक हरु !
१,
बिकाशको मूल खोज्न पाइला अब चाल्नु पर्छ
ओसिएको चुलो चौका हाम्ले आफैं बाल्नु पर्छ
संकुचित भावना मा डुब्नु हुन्न उठ साथी
कुरीतिका खम्बा अब हामीले नै ढाल्नु पर्छ!!!
*****************************
२,
कमजोरीको संज्ञा हैन सहयोगी हात देउ
सामिप्यता चाहिंदैन अप्ठेरोमा साथ देउ
खेल्ने बस्तु हैन नारी आँधी हुरी छेक्न सक्छे
शिखर चुम्ने स्वाभिमानी सान्त्वनाको बात देउ!!!
*****************************
३,
उठ्नु पर्छ दिदी बैनी कम्बर कस्नु पर्छ अब
जसले दास ठान्छ उसकै घुँडा धस्नु पर्छ अब
युगौं देखि पिल्सिएको पुरुसबादी समजामा
अहम बादी भावना मा बिष भर्दै डस्नु पर्छ

No comments:
Post a Comment