Sunday, August 19, 2012

गीत:**मेरो देश**

लुछा चुडी गर्न थाले मुटु चुक्दै छ
छाती माथि तिरहाने घाउ दुख्दै छ !
,
गिर खेले सन्तानले नेपाल आमा माथि
मर्न बाध्य बनाउदै छन लगाएर फासी
सन्तान प्रति बग्ने आँसु मूल सुक्दै छ
छाती माथि तिर हाने घाउ दुख्दै छ !
,
इतिहासले धिक्कार्दै छन् तिम्रो कर्म देखि
जन्माउन सकिन छु राम्रो भाग्य लेखि
गर्भ गर्ने ठाउँ नै छैन शिर झुक्दै छ
छाती माथि तिरहाने घाउ दुख्दै छ !
,
देशको लागि मरे कति आफ्नो जिउ फाली
पक्कै पाउनु पर्छ तिनले न्याय यस पाली
भित्र भित्रै नेपाली को पहिचान लुक्दै छ
छाती माथि तिर हाने घाउ दुख्दै छ !
,
लुछा चुडी गर्न थाले मुटु चुक्दै छ
छाती माथि तिरहाने घाउ दुख्दै छ !
*
बिमला अधिकारी
भरतपुर ,चितवन

No comments:

Post a Comment