आज नेपाली परम्परा अनुसार आमाको मुख हेर्ने दिन मलाई जन्म दिनु हुने पुज्जनिए आमा लगाएत सम्पूर्ण नेपाली आमा हरु प्रति सु-स्वाथ दिर्गायु को कामना गर्दै यो सानो गजल समर्पित गर्न चाहन्छु ll
,
गजल ; आमा
,
बाचा गर्छु अर्को शाल तिमी संगै हुन्छु आमा
प्रबासमा आँशु झार्दै तिम्रै फोटो छुन्छु आमा !
,
बाध्यतामा टाढा भएँ मुटु भरि माया बोकी
अतितमा पर्छु जब तिम्रै यादमा रुन्छु आमा !
,
जन्म दियौ यै धर्तीमा कर्म योद्धा बनाई दियौ
तिम्रो आँसु बग्न दिन्न यी हातले थुन्छु आमा !
,
खै कसरी तिर्न सक्छु अमृत धारा पिलाएको
खुसि दिने बाटो खोज्दै मनमा कुरा गुन्छु आमा!
,
देव पुज्न मन्दिरमा धुप बत्ति गर्दा खेरि
चारै कुना तिम्रै नाम गुन्जिएको सुन्छु आमा !
,
बिमला अधिकारी
रचना ; ८ बैशाख २०६९

No comments:
Post a Comment