Monday, August 13, 2012

केहि मुक्तकहरु

१,
देश हाक्नेको पारा त्यस्तै आफ्नो स्वार्थ मात्र हेरे
जननीको ढुक ढुकिलाई आफ्नो फन्दा भित्र बेरे
नत हाँसो दिन सके नत आँसु पुछ्न सके
जन्मभुमी पीडा खेप्दै  निसासिदै रुदै छिन रे !
२,
शान्ति दिप जलाउन सबै जाग्नु पर्छ यहाँ
हाते मालो गरि गरि शान्ति माग्नु पर्छ यहाँ
अति भयो जाल झेल  देखासेखी  पनि धेरै
कुठाराघात गर्ने हरु छिटै भाग्नु पर्छ यहाँ !
३,
पौरखी ती हातहरुले स्वाभिमान कमाएको
हेर्न खोज्छिन नेपाल आमा आफ्नो सन्तान रमाएको
एकजुट भइ अघि बढ भन्छिन आमा सधैं  भरि 
हेर्न  आतुर भा'छिन् आमा देशको मुहार हंसाएको !  
४,
देशको ताला चापी आफ्नो हातमा पाएका छन्
नाता गोता बोकी सधै बिदेश तिरै धाएका छन्
रगतको खोला बगाई कति मरे नेपाली ति
सहिदको सपना लाई पिजा संगै खाएका छन !
५,
सिमानाको खम्बा सर्र्यो भन्ने सुन्छिन नेपाल आमा
पुर्पुरोमा हात राख्दै कठै रुन्छिन नेपाल आमा
भन्छिन आमा कस्तो कपुत जन्माएँछु मैले आज
न त  मर्नु न बाँच्नु पार्र्यो   भन्छिन नेपाल आमा !

No comments:

Post a Comment