Monday, August 13, 2012

गजल ,धाउन सकिन ...

मुर्छित शरीर लिदै उँभो धाउन सकिन
खुसि रैछ धेरै टाढा पाउन सकिन !
~
दुनियाँको हाँसो भयो मेरो जिन्दगानी
पिडा सबै गीत बन्यो गाउन सकिन !
~
मन भरि चोटै चोट छ खाली छैन ठाउँ
घाउ दुख्दा  कठै मलम लाउन सकिन !
~
पश्चातापको आगो भित्र जलिरा'छु आज
पोल्दा छाती सितलता छाउन सकिन !
~
धर्ति बनि सहदै छु अझै पीडा हरु
कति सहुँ बिवस मुख बाउन सकिन !

बिमला अधिकारी
भरतपुर चितवन

No comments:

Post a Comment