बर्षौं पछी भेट हुँदा कत्ति खुशी हुन्छौ होला
भित्र -भित्रै गुम्सिएका पीडा पोखी रुन्छौ होला !
*
तिमी बिना मेरो जीवन अपुरो नै लाग्थ्यो सधैं
सुस्त सुस्त माया गर्दै ति हातले छुन्छौ होला !
*
सत्रु मित्रु सबका हुन्छन भन्थ्यौ तिमी बारम्बार
आफै भित्र हराउँदै मनमा के के गुन्छौ होला !
*
जब मैले तिम्रो काखमा घोप्टिएर रुन थाल्छु
अंगालोमा बेर्दै मलाइ आँसुको भेल थुन्छौ होला !
*
बिमला अधिकारी
भरतपुर
रचना ; १९ श्रावण २०६९

No comments:
Post a Comment