Sunday, August 19, 2012

गजल:**बचनले बाँधी दियौ**

बचनले बाँधी दियौ तिम्लाई सामु देख्न पनि
आँट छैन तिम्रो नाममा एउटा पत्र लेख्न पनि।
,
सारा आसुँ तस्विर माथि खासालेर रुँदै बसें
चाहेर नि सकिन खै आँशुको मूल छेक्न पनि।
,
देखावटी नभएर साँचो मायाँ थियो मेरो
गडी सक्यो मुटु भित्र निकालेर फेक्न पनि
,
ब्यर्थ भयो जीवन मेरो बिस्वासमा पर्दा आज
चोट लाग्यो मुटु भरी सकिन खै सेक्न पनि ।
,
भरोसाको बाँध फुट्यो माया माथि घात हुँदा
गाह्रो भयो गन्तब्यको संघारमा टेक्न पनि ।
,
बिमला अधिकारी {देवकोटा}
भरतपुर चितवन

No comments:

Post a Comment