Monday, August 13, 2012

गजल, संघर्स नै रैछ जीवन

संघर्ष  नै  रैछ जीवन   धेरै  दु;ख  पाएको छु
सन्तानलाई खुसि दिने बाचा कसम खाएको छु!
 #
बढ्दै गए छोरा  छोरी माग  धेरै राख्न थाले
तिनकै  चाह पुरा गर्न  बिदेश तिर धाएको छु !
 #
कर्तव्यले बाँधेको छ  आफू  खुसी  गर्न  पनि
कठिनाइ संग लड्ने हिम्मत बोकी आएको छु !
#
बिरानो यो मुलुकमा आफ्नो भन्ने छैन कोही
यिनै  रोगी  आमा संग न्यानो प्रित लाएको छु !
#
केहि वर्ष   काम गरि  थोरै आर्जन  गर्न पाए
आवश्यक्ता टार्न सकुं  मनले यही चाहेको छु  !
#
बिमला अधिकारी
भरतपुर चितवन
रचना ; १ चैत्र २०६८ 

No comments:

Post a Comment