भत्किएको झुपडी त्यो बार्न सकुँ भन्दै
पर्देशिएँ अभाव त्यो टार्न सकुँ भन्दै !
*
बाध्यताको भेलसँगै बग्दै छु म अझै
परिवारलाई भेलबाट तार्न सकुँ भन्दै !
*
सन्तानको आसुँ देख्दा चिरा पर्छ छाती
गर्छु प्रण तिन्लाई खुशी पार्न सकुँ भन्दै !
*
संघर्षमै बित्यो जीवन रहर बिर्सिएर
गरिबिको वस्ती अन्तै सार्न सकुँ भन्दै !
*
छोरा छोरी रुन्छन अरे आमा सम्झिएर
हिंडेकी छु पीडा जति मार्न सकुँ भन्दै !!
बिमला अधिकारी
रचना ; २० आषाढ २०६९
No comments:
Post a Comment