आफनै नजर बाट अलिकति झरें आज
यथार्थ त्यो अंगाल्न थोरै पर सरें आज।
,
कर्तव्यका पर्खाल आँखा सामु तेर्सि दिदा
अनायासै टुट्यो मुटु जिउँदै मरें आज ।
,
दबाएर राखें अनगिन्ति चाह मनका
छट्पटाउँदै आँसुको सागर तरें आज ।
,
अभावमा पिल्सिएर धान्नु पर्ने जीवन
बेदनाको पोको खोल्ने आँट गरें आज ।
,
अन्जानमै गल्ति भयो बाटो नचिन्नाले
भेटुँला कि गन्तब्य ? दोधारमा परें आज ।
,
बिमला अधिकारी
भरतपुर चितवन
रचना ; २९ कार्तिक २०६८
यथार्थ त्यो अंगाल्न थोरै पर सरें आज।
,
कर्तव्यका पर्खाल आँखा सामु तेर्सि दिदा
अनायासै टुट्यो मुटु जिउँदै मरें आज ।
,
दबाएर राखें अनगिन्ति चाह मनका
छट्पटाउँदै आँसुको सागर तरें आज ।
,
अभावमा पिल्सिएर धान्नु पर्ने जीवन
बेदनाको पोको खोल्ने आँट गरें आज ।
,
अन्जानमै गल्ति भयो बाटो नचिन्नाले
भेटुँला कि गन्तब्य ? दोधारमा परें आज ।
,
बिमला अधिकारी
भरतपुर चितवन
रचना ; २९ कार्तिक २०६८
No comments:
Post a Comment