भित्र थियो हाँसो खुशी झुपडी त्यो खर्को थियो
सु-सम्पन्न महलको बाहिरि माहोल चर्को थियो !
,
काम गर्दै दिन बिते साँझ बिते सुन्यतामा
एक्लो जीवन बिताउन कोलाहल नी झर्को थियो !
,
सक्दिन कि पुरा गर्न उनले राख्ने त्यो चाहना
तन मनले आफ्नो ठान्छु भन्नेको त लर्को थियो !
,
असिमित चाह मन्को राम्रो लाउने मिठो खाने
दु;ख गर्ने एउटा थियो पेट भर्ने अर्को थियो !
,
वास्तविक भन्दा पनि देखावटी धेरै भयो
स्वतन्त्रता बंधी गर्ने सिन्दुरको धर्को थियो !
,
बिमला अधिकारी
चितवन,भरतपुर

No comments:
Post a Comment