Monday, August 20, 2012

गीत:**चाहने मन हजार थिए**

चाहने मन हजार थिए त्यसै बीच छान्यौ मलाइ
प्रेम रुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ !
,
थाहा नपाइ मायालुले मेरो मन चोरी दियौ
मेरो मन मुटु भरि तिम्रो माया भरि दियौ
तिम्रो यादमा कल्पी कल्पी बसेकिछु योमन जलाई
प्रेमरुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ !
,
चाहने  मन हजार थिए ...........................
,
जिस्क्याउदा यौवनले हांसी दिन्छु लजाउँदै
 बिर्सिदिए सारा सँसार तिम्रो याद सजाउदै
मिठो यादमा रमाएको क्षण बाँडू मैले कल्लाई
प्रेमरुपी चुम्बकले  नजिक नजिक तान्यौ मलाई !
,
चाहने  मन हजार थिए ...........................
,
तिमि आउने बाटो भरि फुलको सुबास छरेकोछु
तिमीले दिने माया सबै मन मुटुमा भरेको छु
जति सक्छयौ उति छिटो नजिकिए हुने भलाइ
प्रेमरुपी चुम्बकले  नजिक नजिक तान्यौ मलाइ !

चाहने मन हजार थिए त्यसै बिच छान्यौ मलाइ
प्रेमरुपी चुम्बकले  नजिक नजिक तानेयौ मलाइ !

बिमला अधिकारी
 चितवन, भरतपुर

No comments:

Post a Comment