गजल ; खरानी भएँ म
,
कुनै दिन तिम्रो आँखाको नानी भएँ म
दु;ख बिसाउने न्यानो सिरानी भएँ म !
,
मेरो मन पगाल्न बगायौ आँसु धारा
बैंशालु त्यो नजरमा जवानी भएँ म !
,
खै कसरी तिमीमा त्यो स्वार्थ भरिएछ
बिर्सियौ एकै पलमा, बिरानी भएँ म !
,
नचाउन खोज्दैथ्यौ आँखैको इशारामा
नचाहेरै फेरी तिम्रो निशानी भएँ म !
,
रुखो बचनले पल पल मार्यौ आज
जिउँदै जलायौ र त,खरानी भएँ म !
*
बिमला अधिकारी ,देवकोटा
भरतपुर ,चितवन
,
कुनै दिन तिम्रो आँखाको नानी भएँ म
दु;ख बिसाउने न्यानो सिरानी भएँ म !
,
मेरो मन पगाल्न बगायौ आँसु धारा
बैंशालु त्यो नजरमा जवानी भएँ म !
,
खै कसरी तिमीमा त्यो स्वार्थ भरिएछ
बिर्सियौ एकै पलमा, बिरानी भएँ म !
,
नचाउन खोज्दैथ्यौ आँखैको इशारामा
नचाहेरै फेरी तिम्रो निशानी भएँ म !
,
रुखो बचनले पल पल मार्यौ आज
जिउँदै जलायौ र त,खरानी भएँ म !
*
बिमला अधिकारी ,देवकोटा
भरतपुर ,चितवन
No comments:
Post a Comment