Sunday, August 19, 2012

गजल:**मिठो चाह**

मिठो चाह देखाएर मुटु भित्र बेर्‍यौ किन
जे–जे भने ज्ञानी बनी सबै कुरा टेर्‍यौ किन।
~
एक्लै थिएँ यो धर्तिमा तिमी आयौ साथ दिन
झिनो आशा देखाउदै मेरो भाग्य केर्‍यौ किन ।
~
जिन्दगीको गोरेटोमा एक्लो यात्री हिड्दै थिए
दुःख सुख साट्छु भन्दै मिठो हेराइ हेर्‍यौ किन।
~
सहयात्री बन्छु भन्थ्यौ जीवन भरि साथ दिन
विवश बन्दै आज फेरि चाह अन्तै फेर्‍यौ किन।
~
विमला अधिकारी
चितवन, भरतपुर

No comments:

Post a Comment