Monday, August 13, 2012

गजल ,तिम्लाई माया गर्छु धेरै ..

तिम्लाई  मायाँ गर्छु धेरै ढाँट्या छैन मैले
विरुद्धमा कुनै कुरा काट्या छैन मैले /
*
बिर्सिएको छैनौ मलाई यो मनले भन्छ
शंका गरि पापको डोरी बाट्या छैन मैले /
*
जति मायाँ दिन सक्यौ सम्हालेर राखें
आँशु दियौ हाँसो दियौ छाँटया छैन मैले/
*
दुनियाँले जे सोचे नी मान्ने छैन   मन
तिमी बिना  पाइला चाल्न आँट्या छैन मैले/
*
जुनी भरि तिम्रै बन्ने कशम खाएको छु
मन मुटु अन्त कतै साट्या छैन मैंले /
*
बिमला अधिकारी
रचना ;२२ मंसिर २०६८

No comments:

Post a Comment