Monday, August 13, 2012

गजल

तिमीलाई पाए देखि फुल्ने अनि फल्ने छु म
लक्ष बोकी सत्मार्ग मा निसंकोच चल्ने छु म!
,
सधै भरि भरोसा र हिम्मतले भरिदेउ
मनका सारा पिर ब्यथा खुसिमान्दै छल्ने छु म!
,
जीवनको गोरेटोमा तिम्रो साथ नपाउँदा
पाइला हरु रोकिएर अनायासै गल्ने छु म !
,
तिम्रै मायाँ धड्किंदैछ यो छातीको धड्कनमा
क्षण भर छुट्यौ भने आत्तिएर ढल्ने छु म !
,
छुटाएर चोखो प्रित छोडी कतै गयौ भने
तिम्रै नाम जपि-जपी चिता माथि जल्ने छु म!
,
बिमला अधिकारी
भरतपुर चितवन

No comments:

Post a Comment