Wednesday, August 22, 2012

मुक्तक

नखोज्नु है किनारमा मैले सागर तरेपछि
आउछ दिन पर्खदैन समय त्यो टरेपछी !
मैले गर्ने माया माथि उपहास गरेयौ सधै
पिडा बोध हुनै छाड्यो भित्रि मनै मरेपछि !!!!

 

Monday, August 20, 2012

कविता:**बाबुलाई जन्म दिनको सुभकामना**

यो पालिको जन्म दिनमा पनि साथ हुन पाइन
तिम्रो याद बिना मेरो धड्कन चल्या छैन
,
ममतालाई खाती राखी तिमि गयौ टाढा
छुटिएर बस्नु पर्दा माया धेरै गाढा
,
तिम्रो उज्वोल भबिस्य म बनाउछु भन्दै
बसेकोछु तिम्रै लागि दिन रात गन्दै
.
धेरै पढी ज्ञानी बन्नु सम्झिएर दुख
दुख पछी मिल्छ बाबु भाबिस्येमा सुख
,
बोल्लं सक आमासित मनको कुरा खोलि
असल पुत्र बन्नु पर्छ समाजमा भोलि
,
हिड्दा ठेस नलागोस है मनमा चोट पनि
तिम्रा सबै दुख हर्छु दैब सित भनि
,
ममताको सधै भरि बन्न सकु साधना
तिमीलाई जन्म दिनको धेरै धेरै सुभ कामना
कृष्ण देवकोटा
तिमीलाई जन्म दिनको धेरै धेरै सुभ कामना !!!!

गीत:**मेरो माया जादै छ रे**

मेरो माया जादै छ रे, क्षितिज पारि गाउँमा
सानो गीत रचे मैले,मायालुको नाउँमा !
 ,
जति दियौ समालेर,राखे मन भरि
घुमी रह्यो तिम्रो याद, नजर वरिपरी
नीरासिलो पन नहोस,उनि बस्ने ठाउँमा
सानो गीत रचे मैले ,मायालुको नाउँमा !
,
कहिले रोदन कहिले हासो, हुने कुराकानी
सम्झाउने गर्थेयौ मलाइ ,धैर्य गर भनि
हिड्दा ठेस नलागोस है, त्यो कोमल पाउँमा
सानो गीत रचे मैले, मायालुको नाउँमा !
 ,
तिमि माथि अर्पि सके, मैले चोखो माया
तिम्रो दुख बिसाउ ममा, दिन्छु सितल छाया
न जोख है मेरो माया ,सुन चाँदीको भाउँमा
सानो गीत रचे मैले, मायालुको नाउँमा !
 ,
मेरो माया जादै छ रे क्षितिज पारि गाउँमा
सानो गीत रचे मैले मायालुको नाउँमा !

सोतन्त्र भयौ म बाट तिमी खुसीको बिउ रोपेर हेर
नदिनु आसुँ कसैलाई अब पुरानो घाउ छोपेर हेर
अज्ञानी थिएं अनपढ थिएँ स्तर मेरो जोखेर हेरेयौ
मायामा खोट देख्दै छौ भने मन भित्र मेरो कोपेर हेर /
,
अतितका यादहरुमा तडपिएर बाँच भन्यौ
जति दिए आँसु हासो समालेर साँच भन्यौ
सहि भयो उनको कुरा आखि म नै झुटो भए
पल पल मर्दै बाँच्नु भन्दा यो मनलाई भाँच भन्यौ /
,
अरुको आँखा छल्न यहाँ सबै मन्दिर धाउने गर्छन
जस्तो बिउ रोप्न सक्यो तेस्तै खेति पाउने गर्छन
गरिबको रगत चुसी रमाउदै छन् कति यहाँ
तितो सत्य बोकी सधै यो धर्तीमा छाउने गर्छन!!
,
तिम्रो मन रुँदा आज चस्स दुख्छ मेरो मुटु
तिमि बिना जिउदो लास झैँ बाँची राछु घुटु घुटु
दुखीको दिन पक्कै आउछ बिस्वासको दियो बाल
पुछ्दै आँसु रमाउला तिम्रो काखमा लुटु पुटु!
,
बाहिर हेर्दा उस्तै भए भित्रि आत्मा चिन्न सिक
अन्यायेमा पर्छौ जब आफ्नो हक छिन्न सिक
भाँडो भरे कुकर्मले एकदिन पक्कै फुटी जान्छ
हिम्मत जुटाई आफु भित्र सहिबाटो हिड्न सिक /

मुक्तकहरु

खुसि दिने बहानामा आफु पल पल मर्नु पर्ने
मर्न डर लाग्छ तर कालको नजिक सर्नु पर्ने
खुकुरीको चोट हुन्छ अचानोलाई मात्र थाहा
बिस्वास माथि घात हुदा नचाहेरै गर्नु पर्ने

 मन भित्रका ज्वाला मुखी गीत गजल मा गाउनु पर्ने
छाता छुल्ल हुदा मन दिलमा आली लाउनु पर्ने
जिन्दगीको के अर्थ भो मनमा सान्ति छैन भने
शान्ति खोज्न जिन्दगीमा कहिले सम्म धाउनु पर्ने ?
,
खुसि दिने बहानामा आफु पल पल मर्नु पर्ने
मर्न डर लाग्छ तर कालको नजिक सर्नु पर्ने
खुकुरीको चोट हुन्छ अचानोलाई मात्र थाहा
बिस्वास माथि घात हुदा नचाहेरै गर्नु पर्ने ./
,
,त्येसैले त भन्ने गर्छन जिउन सक्नु पर्छ यहाँ
जहर पनि अमृत मानी पिउन सक्नु पर्छ यहाँ
बाच्न जाने यो जिन्दगी दुइ आँखाको नानी बन्छ
पिर ब्याथा मनै भित्र सिउन सक्नु पर्छ यहाँ ...l

मुक्तकहरु

बचनले बाँधी दियौ तिमीलाई सामु देख्न पनि
आँट छैन तिम्रो नाममा एक दुइ पत्र लेख्न पनि
सारा आँसु तस्विर माथि खसाएर रुदै बसे
सकिन भो तिमीले जस्तै मनको आँखा छेक्न पनि .
  •  
     
    सपनीमा देख्छु सधै निन्याउरो उनको मुख
    दुखि अब किन तिमि ? पायौ सायद सारा सुख
    धित मारेर हेर्न पनि पापी निधले छोडी दिन्छ
    जब आँखा खुल्न पुग्छ आसुँ बनि बग्छ दुख ......
    ,
    सुन्न पाए यति सब्द मनै गद गद भयो मेरो
    न सोध्नु है जीवन कथा कस्तो छ नि तेरो
    भित्र भित्र सिमित छु म बाहिर आउने आँट छैन
    पोखेको छु गीत ,गजलमा जीवनको सेरो फेरो

  • ,
     झकझाकौन भनेको हूँ प्रेरित गर्न खोजेको हूं
    निदायौ कि बिर्सिएर भन्ने चासो पोखेको हूँ
    क्षमताकि खानीलाई त्यसै बस्न किन दिन्थें ?
    इज्रैलमा नै एउटा काब्य जन्मिन्छ कि सोचेको हूँ .....
    ,
     सोच्ने गर्छु कहिले काही अघि बढ्छु भनि
    भेट्न सक्या छैन अझै आत्मा बलको खानी
    खुम्चिएर बसेका ती चाह हरु जन्मिदै छन्
    सहयोगी मनहरु खोजि राछु मैले पनि ...l
    ,
    ,तपाईको सिंगई कृति पढ्न कैले पाइने होला
    तपाईलाई किताबभित्र हेर्न कैले पाइने होला
    ग़ज़ल धेरै देखेको छू फसबूकका भित्ताभरि
    फुटकरको पर्खाल नाघी किताब कैले पाइने होला ...........???

    कविता: **आशिर्वाद **

    छोरीको जन्म दिनमा कोरिएका गीति कविता
    *
    दसौ बसन्त पार गरि आज एघारमा गयौ छोरी
    हिजो सम्म तोते बोल्थ्यौ आज ठुली भयौ छोरी
    बाहु बाट मध्ये रातमा तिम्लाई छोडी आउदा
    स्र्राप लाग्य जस्तो हुन्थ्यो मैले दुख पाउदा
    *
    तिम्रै उज्वल भविस्यलाइ आँसु पिउदै छु म
    हर्न सकुँ तिम्रो दुख र त  जिउदै छु म
    साथी संगी हिड्दा होलान आमा संग रमाएर
    तिम्ले पनि हिड छोरी दिदि को हात समाएर
    *
    ज्ञानी  बन्दै दिदीको बात राम्रो संग मान्नु
    दिदि लाइ नै साथी अनि अबिभाबक ठान्नु
    मैले रुनु परे पनि तिम्ले हास्नु पर्छ हेर
    ममताको आँसुको मोल जान नदेउ खेर
    *
    अन्धकार लाइ हटाएर ज्योति छर्नु पर्छ भोलि
    समाज  सेवा गर्न सक्नु बोल्दै मिठो बोलि
    भोलि तिमि यो देशको कर्णधार बन्नु पर्छ
    सत्रु पस्न खोजे देशमा काँडे तार बन्नु पर्छ

    मुक्तक:**नारीका आवाज**

    केहि नारीका आवाज बोकेका मुक्तक हरु !
    १,
    बिकाशको मूल खोज्न पाइला अब चाल्नु पर्छ
    ओसिएको चुलो चौका हाम्ले  आफैं बाल्नु पर्छ
    संकुचित भावना मा डुब्नु हुन्न उठ साथी
    कुरीतिका खम्बा अब  हामीले नै ढाल्नु पर्छ!!!
    *****************************
    २,
    कमजोरीको संज्ञा हैन सहयोगी हात देउ
    सामिप्यता चाहिंदैन  अप्ठेरोमा साथ देउ
    खेल्ने बस्तु हैन नारी आँधी हुरी छेक्न सक्छे
    शिखर चुम्ने स्वाभिमानी सान्त्वनाको बात देउ!!!
    *****************************
    ३,
    उठ्नु पर्छ दिदी बैनी कम्बर कस्नु पर्छ अब
    जसले दास ठान्छ उसकै घुँडा धस्नु पर्छ अब
    युगौं देखि पिल्सिएको पुरुसबादी समजामा
    अहम बादी  भावना मा बिष  भर्दै डस्नु पर्छ
    *****************************

    मुक्तक

    गन्तब्यलाइ खोज्दै हिड्दा शरीर नै गल्यो
    मन भित्रका अनेक चाह भस्म हुदै बल्यो
    चाह राख्नु अबिसाफ बन्दै गए पछी आज
    धड्कन चल्छ तर शरीर जिउदो लास भै ढल्यो ,

    मुक्तकहरु

    मुक्तक
    सुस्त सुस्त दुखको दिन टरिदिए हुन्थ्यो
    थोरै खुसि भागमा मेरो परिदिए हुन्थ्यो
    लाको माया लेकमा छोडी मत बेसी झरे
    सुसेलीले गाउदै माया झरीदिए हुन्थ्यो ..
    *
    चाहिदैन हिरा मोति अनि जुन तारा
    बने खुसि हुन्छु सधै दुखको सहारा
    किन झुटो बोल्छौ यहाँ जुनतारा झार्ने
    झुटो बचन खेप्दा खेप्दा जीवन भाछ भार..l
    *
    सुख दिन्छु सधै भन्ने आए कति कति
    कसको मनमा हेर्न सक्छु भर छैन रत्ति
    आफु संग जे जति छ समालेर राख्छु
    सुख खोज्दै हिडदिन म बिगारेर मति /

    तिजको गीत **बेदनाको पोको**

    सुन्नु होला आमा बाबा सुन्नु होला दाजुभाई
    एउटा बिन्ति बिसाउनेछु मैले सबैलाई ।२
    ,
    सुन मेरा साथी संगी मनको ढोका उघारी
    बसेकि छु मन भरि पिर थुपारी ।२
    ,
    यो तीजमा मनको पिर सबै मिली खोल्नु छ
    सबै सामु यो छोरीको दुःख बोल्नु छ ।२
    ,
    माइती घर बसुन्जेल गाउबेसी र मेलापात
    बिहे गरि पठाइदिए पराईको साथ ।२
    ,
    जति दुख परे पनि यो छोरीले बोलिन
    कसै सित मनको कुरा कहिले खोलिन ।२
    ,
    बाबाले दिनु भयो बिहे गरि शहरमा
    मै छोरीले सुख पाउछे भन्ने रहरमा ।२
    ,
    बिहे गरि पठाइदिए राम्रो जिउडाल देखेर
    ल्याकी रहेछु मै छोरीले दुख लेखेर ।२
    ,
    कस्लाई दोष दिनु मैले कर्मको नै थियो खेल
    आफ्नो घर आफैलाई भएकोछ जेल ।२
    ,
    बिहे गरि जान्न भन्दा दाजु भाइले मानेनन्
    यो बहिनीले दुख पाउछे भन्ने ठानेनन् ।२
    ,
    कुस पानी समातेर दियौ धर्म कमाउँदै
    रुनु पर्यो मै छोरीले टाउको समाउँदै ।२
    ,
    अन्माएर पठाई दियौ पराई हात समाउदै
    मेरो जिबन ओइली झर्यो फुल्न नपाउदै ।२
    ,
    बन्नु पर्छ यो छोरीले समाजमा खेलौना
    कस्लाई भनु कस्लाई पोखु मनको बिलौना ।२
    ,
    मान्नु पर्छ हामीले छोरा छोरी समान
    हुर्के छोरी माइती घरमा झर्को नमान ।२
    ,
    छोरीले नि छोरा सरह समाजलाई सघाउँछे
    मौका मिले आफ्नो कर्म आफै बनाउँछे ।२
    ,
    सयपत्री फुल राम्रो गमलामा सारिदेउ
    मेरो गीत सकियो ताली मारीदेउ ।२
    ,
    विमला अधिकारी
    भरतपुर चितवन

    गीत:**चाहने मन हजार थिए**

    चाहने मन हजार थिए त्यसै बीच छान्यौ मलाइ
    प्रेम रुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ !
    ,
    थाहा नपाइ मायालुले मेरो मन चोरी दियौ
    मेरो मन मुटु भरि तिम्रो माया भरि दियौ
    तिम्रो यादमा कल्पी कल्पी बसेकिछु योमन जलाई
    प्रेमरुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ !
    ,
    चाहने  मन हजार थिए ...........................
    ,
    जिस्क्याउदा यौवनले हांसी दिन्छु लजाउँदै
     बिर्सिदिए सारा सँसार तिम्रो याद सजाउदै
    मिठो यादमा रमाएको क्षण बाँडू मैले कल्लाई
    प्रेमरुपी चुम्बकले  नजिक नजिक तान्यौ मलाई !
    ,
    चाहने  मन हजार थिए ...........................
    ,
    तिमि आउने बाटो भरि फुलको सुबास छरेकोछु
    तिमीले दिने माया सबै मन मुटुमा भरेको छु
    जति सक्छयौ उति छिटो नजिकिए हुने भलाइ
    प्रेमरुपी चुम्बकले  नजिक नजिक तान्यौ मलाइ !

    चाहने मन हजार थिए त्यसै बिच छान्यौ मलाइ
    प्रेमरुपी चुम्बकले  नजिक नजिक तानेयौ मलाइ !

    बिमला अधिकारी
     चितवन, भरतपुर

    गीत:**छिट्टै फर्की आउँछु घर**

    छिटै फर्की आउंछु घर हेरी बस बाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो !
    ,
    सन्तानको मायाँ गाढा टाढा भए पछि
    आजभोली रुने गर्छु तिम्रो यादमा बसी
    दोसी ठानी ममतालाई नपार है फाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो !
    ,
    तोते बोलि बोल्थ्यौ तिमि मैले छाडी आउँदा
    रम्छ मन स्कुल जाने खबर सुन्न पाउँदा
    बल्झिन म दिने छैन बोयोगको खाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो !
    ,
    छिटै फर्की आउछु घर हेरी बस  बाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो!!!
    ,
    बिमला अधिकारी
    भरतपुर ,चितवन

    Sunday, August 19, 2012

    गजल:**सप्तरंगी टिका**

    सप्तरंगी टिका सुक्यो मखमली हेर्दै रोए
    दाजु भाईको न्यानो मायाँ मन भरि बेर्दै रोएl
    ,
    छुट्टी लिदै जान्छन साथी दाजु भाइलाई भेट्न
    आफ्नो निधार खालि राखी बेदनाले घेर्दै रोए l
    ,
    आसिर्बाद दिने ,लिने मनको चाह मनमा रहे
    मन भरिका आशा लाई आफ्नै मनले सेर्दै रोएl
    ,
    बिदेशमा बस्ने लाइ चाडबाड पनि किन आउछ
    बर्षे पिच्छे तड्पिएर मनको रहर फेर्दै रोए l
    ,
    जीवनमा येस्तई रहेछ टाडीएर बस्नु पर्दा
    गुम्सिएका मनको भाब कागजमा केर्दै रोए !
    ,
    ,बिमला अधिकारी [देवकोटा ]
    भरतपुर चितवन 

    गीत: **गरिवको भोझ बोक्न गारो भो**

    गरिबीको बोझ मलाई बोक्न गाह्रो भयो
    पर्देशिने बाध्यता लाइ रोक्न गाह्रो भयो !
    ,,
    सानै थियो उमेर तर ब्यबहारमा  डुबें
    आफ्नै मान्छे बाट आज पराइ बन्न पुगें
    धन संग यहाँ  मायाँ  जोख्न गाह्रो भयो
    पर्देशिने  बाध्यातालाई रोक्न गाह्रो भयो!!!
    ,
    दुख्थ्यो मन बारम्बार बचन खानु पर्दा
    जिउँदो लास बन्न पुग्थें भित्रि मन मर्दा
    दु;ख भुलि फेरी  खुशी रोप्न गाह्रो भयो
    पर्देशिने  बाध्यतालाई रोक्न गाह्रो भयो!!!
    ,
    गरिबीको बोझ मलाई  बोक्न गाह्रो भयो
    पर्देशिने बाध्यता लाई रोक्न गाह्रो भयो !!!
    ,
    बिमाला अधिकारी

    गजल:**अनवरत बर्षे झरी**

    अनवरत बर्षे झरी ओत दिने छानो छैन
    दिनभरि काम गर्यो छाक टार्ने मानो छैन !
    ,
    संघर्षमै बित्यो दिन खुसीको पल भेटिएन
    कसोगरी टार्दै जानु जीवन यात्रा सानो छैन !
    ,
    गणतन्त्र आए पछि दिन फिर्छ भन्थे बा'ले
    खै कसरी फिर्छ दिन जुन देशमा रानो छैन !
    ,
    किन जन्म दियौ दैब  गरिवको झुपडीमा
    भावीले नै ठगे पछी भाग्य कोर्ने पानो छैन  !
    ,
    बिमला अधिकारी
    रचना ; १० चैत्र २०६८ 

    गजल:**छोड्यौ तिम्ले दोबाटोमै**

    छोड्यौ तिम्ले दोबाटोमै र त बाँच्ने आधार खोजें
    तिम्रो भन्दा अलि बेग्लै स्वच्छ शान्त ब्यवहार खोजें !
    *
    अटाउन सकेनौ त! मेरो मायाँ त्यो छातीमा
    त्यसैले त हिमाल झैं खुलमखुल्ला संघार खोजें !
    *
    आँशु मात्रै दियौ सधैं हाँसो माग्दा जिन्दगीमा
    त्यै बेदना भुल्न भनि आज मैले जंघार खोजें !
    *
    जहर झैं पिउँदैछु म आफ्नै आँशु संगालेर
    उजाडीए रहर हरु शितल दिने बहार खोजें !
    *
    पीडा बोकी बाँच्न गाह्रो हाँस्न झनै गाह्रो हुने
    त्यै हुनाले एकै चोटमा मुक्ति दिने प्रहार खोजें !
    *
    बिमला अधिकारी

    गीत:**हेरी बस बाटो**


    छिटै फर्की आउंछु घर हेरी बस बाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो
    ,
    सन्तानको मायाँ गाढा टाढा भए पछि
    आजभोली रुने गर्छु तिम्रो यादमा बसी
    दोसी ठानी ममतालाई नपार है फाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो
    ,
    तोते बोलि बोल्थ्यौ तिमि मैले छाडी आउँदा
    रम्छ मन स्कुल जाने खबर सुन्न पाउँदा
    बल्झिन म दिने छैन बोयोगको खाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो
    ,
    छिटै फर्की आउछु घर हेरी बस  बाटो
    मुटु भरि मायाँ ल्याउछु सम्पतिको साटो!!!
    ,
    बिमला अधिकारी

    मुक्तकहरु

    तिम्रै मात्र सम्झनाले सताउछ किन ?
    रात दिन गन्दैछु म तिम्लाई भेट्ने दिन
    फर्कनेदिन कुन चै हुन्छ अझै टुंगो छैन
    दिन टुंगो भए पछी आउ है प्रिय लिन ..
    *
    जे जे भन्छौ प्रिय तिमि सबै कुरा सुन्छु
    सुन्दर संसार सजाउने सपनाहरु बुन्छु
    तिमि साथमा भएपछी दुख हर्छ मेरो
    खुसि हुदै हर्सित रुवाइ तिम्रै काखमा रुन्छु /
    ,
    तिमीले नै सिकाइ दियौ जीवन जिउन आज
    सफल भए मनका सबै बेथा सिउन आज
    तिम्लाई मेरो मनको प्रिय बनाउन पाउदा
    सातौ जन्म संगै जिउने कसम लिउन आज
    ,
    तिम्रै मिठो सम्झनामा बाँचेकी छु आज
    सजाएर राखेको छु यो मुटुको  माझ
    दुइ आत्माको मिलनमा स्वर्ग भेट्छु मैले
    अतितका यादहरु मन भित्र छ ताजा /
    ,
    मिठो कुरा गर्दै प्रिय हर्सित बनाइ दियौ
    भए भरको त्यो मनको माया खन्याई दियौ
    तिम्रो साथ नहुदो हो अधुरोथ्यो जीवन
    संसारको सारा सुख मैमा थमाइ दियौ /

    कविता:**ऊँ साइ राम !!!ऊँ साइ राम !ऊँ साइ राम**




    ऊँ साइ राम !!!ऊँ साइ राम !ऊँ साइ राम !!!!!
    जब साइबाबा हाम्रो साथमा रहनु भएन बाबाको सम्झनामा यो सानो कविता लेख्ने कोसिस गरे
    कुनै गल्ति भएमा क्षेमा प्राथी छु !!
    ,
    चेतनाको बिगुल फुक्न मानव जिबन लियौ साइ
    जगतको सारा दुख अमृत मानी पीयौ साइ !
    ,
    बे-अर्थको जीवन लाइ अर्थ दिन खोजेयौ साइ
    सहि मार्ग देखाउन सत्य जीवन रोजेयौ साइ !
    ,
    सत्य साइ बनि तिमि सबको मनमा छायौ साइ

    जीवित सारा प्राणी सीत न्यानो माया लायौ साइ !
    ,
    मनमा बिस्वास जगाएर साथ छोडी गयौ साइ
    स्वार्थि यो सन्सार बाट अन्तरध्यान भयौ साइ !
    ,
    जति सक्छु उति मनमा तिम्रो बिस्वास भर्छु साइ
    मन भित्रको मन्दिरमा तोम्रो पुरा गर्छु साइ !
    ,
    दिन दुखि गरिबको मनमा बास गर साइ
    जगत सारा प्राणीको दुख नास गर साइ !
    ,
    तिम्रो कोमल चरणमा सधै सिर राख्छु साइ
    अन्याएमा पर्छु जब न्याएको भिक् माग्छु साइ !
    ,
    चलुन्जेल यो ढुक ढुकी तिम्रो नाम जप्छु साइ
    आँसु हाँसो जेदिए नि  खुसि खुसि खप्छु साइ !
    ,
    सारा जगत प्राणीलाई आफ्नै सन्तान मानेयौ साइ
    सत्य साइ बाट आज प्रेम साइ बनेयौ साइ !
    ,
    तिम्रो ज्ञान मार्ग बाट जीवन बढाउदै छु साइ
    दुइ थोपा आँसु तिम्रो सबमा चढाउदै छु साइ
    दुइ थोपा आँसु तिम्रो सबमा चढाउदै छु साइ
    ,        
    बिमला
    चितवन !

    गजल:**विश्वास तोडी**

    जीवनको पाटो फेरेर हिडे आफैमा दुखेर
    हरेक बाधा पन्छाउदै आए दुखमा लुकेर !
    ;;
    बिस्वास तोडी नबन बैरी यो मनलाइ रुवाइ
    बदल्न भाग्य सकिन आज जिउ गयो सुकेर !
    ;;
    आसाको दियो मन भित्र जलाई पर्खेर बस्नेछु
    कदाबी हिड्ने छैन म मेरो माया मा  झुकेर !
    ;;
    सुखमा हैन दुखमा तिमि सम्झनु मलाइ
    बस्नेछु सधै म तिमि आउने मूल बाटो ढुकेर !
    ;;
    बिमला
    भरतपुर

    गजल:**छोरीलाइ जन्म दिनको सुभकामना**

    यो वर्ष को जन्म दिनमा पनि साथ भैंन
    तिम्रो याद बिना यहाँ हड्कन चल्या छैन !
    ,
    तिम्रो उज्वल भबिस्यलाइ बनाउछु भन्दै
    आँसु पिउदै बसेको छु दिन रात गन्दै !
    ,
    छोडी आउदा छैटौ ऋतु पुरा गर्दै थियौ
    अहिले तिमि दसौ ऋतु हिड्दै गर्ने भयौ
    ,
    साथि सम्झी भन तिमि मनका कुरा खोलि
    सुनिरहू जस्तो लाग्छ तिम्रो मिठो बोलि !
    ,
    ठुलो लाइ आदर गर्नु सानालाई  माया
    दिन सकु यो आमाले तिम्लाई सितल छाया !
    ,
    हिड्दा ठेस नलागोस है मनमा चोट पनि
    थाम्छु तिम्रो हरेक दुख दैव सित भनि !
    ,
    तिम्रो मनको नजिक बसी बुज्न सकु भाबना
    तिमीलाई जन्म दिनको धेरै धेरै सुभकामना
    तिमीलाई जन्म दिनको धेरै धेरै सुभकामना !!!!
    ,
    बिमला
    भरतपुर                                                       झरना देवकोटा

    गीत:**मेरो देश**

    लुछा चुडी गर्न थाले मुटु चुक्दै छ
    छाती माथि तिरहाने घाउ दुख्दै छ !
    ,
    गिर खेले सन्तानले नेपाल आमा माथि
    मर्न बाध्य बनाउदै छन लगाएर फासी
    सन्तान प्रति बग्ने आँसु मूल सुक्दै छ
    छाती माथि तिर हाने घाउ दुख्दै छ !
    ,
    इतिहासले धिक्कार्दै छन् तिम्रो कर्म देखि
    जन्माउन सकिन छु राम्रो भाग्य लेखि
    गर्भ गर्ने ठाउँ नै छैन शिर झुक्दै छ
    छाती माथि तिरहाने घाउ दुख्दै छ !
    ,
    देशको लागि मरे कति आफ्नो जिउ फाली
    पक्कै पाउनु पर्छ तिनले न्याय यस पाली
    भित्र भित्रै नेपाली को पहिचान लुक्दै छ
    छाती माथि तिर हाने घाउ दुख्दै छ !
    ,
    लुछा चुडी गर्न थाले मुटु चुक्दै छ
    छाती माथि तिरहाने घाउ दुख्दै छ !
    *
    बिमला अधिकारी
    भरतपुर ,चितवन

    मुक्तक: ** भानु जयन्ति**

    जन्मियौ भानु भक्त तिमी रम्घा भन्ने गाउँमा
    छोडेर गयौ आफ्नो कृति कबि भानु भक्तको नाउँमा
    दिएर गयौ शिक्षा असल बन्छु भन्ने हरुलाई
    त्यसैले त चम्किंदैछौ तिमी विश्वको ठाउँ ठाउँमा !
    २ ~~~
    घाँसी को अर्ती मान्यौ तिमीले कुरा मुनासिब हो भने
    ऊ घाँसी नै थियो एउटा गरीब तिमी धन धनाड्य पनि
    फालेनौ घाँसीको अर्ती संसार भरी फिजाइ दियौ
    अर्ती मनमा राख्यौ त्यसैले सदा अमर बन्यौ तिमी !

    कविता:**बेदना**

    समयले फेरी पनि धोका दिने होकी ?
    धाए काममा मनमा धेरै आशाहरु बोकी !
    ,
    एउटा लाइ बिदा गरे लाग्छ मनमा डर
    इज्रायेलका  बुढा बुढी कत्ति छैन भर !
    ,
    आज खादै हिड्ने मान्छे भोलि बेडमा परे
    दुइ चार दिन खान छोडे कालको नजिक सरे !
    ,
    धाउदै हिड्दा तेहा पुग्छौ लेखेकोछ जहाँ
    काम नै प्यारो मान्नु पर्ने बाद्येता छ यहाँ !
    ,
    छोरा छोरी आमा बाबा टाढा छोडी आँए
    नयाँ देश परिवेसमा धेरै ठक्कर खांए !
    *
    बिमला अधिकारी
    भरतपुर ,चितवन

    कविता:**दुस्ट बने बाबा ,आमा**

    आफ्नै मुटुका टुक्रा अथवा आफनै सन्तान लाइ बाबा ,आमाले येसरी टुक्रा पार्न थाले पछि कसको मनमा भुइचालो जादैन होलार? आमा, बाबा भन्ने सब्द बाट नै बिचलित बनाएकोछ तेसै बिचलित भाब हरुलाई कविताको रुपमा कोर्ने कोसिस गरे गल्ति गरेछु भने सबैसित क्षमा चाहान्छु !!!!
    ,
    आमा भन्ने सब्द लाग्थ्यो हिर्दय नै छुने
    आज तिनै सब्द बने पिल्सीयर रुने !
    ,
    आमा भित्र राक्षस रुप भर्नु थियो भनि
    नाटक गर्दै सन्तानको आमा किन बनि !
    ,
    जन्माउन सकिन त कर्म दिन सक्थी
    सुन्थे भोलि भगवानले सन्तानको भक्ति !
    ,
    बाबुले मार्यो छोरीहरु आमाले मारी छोरा
    पापी यो दुनियामा बिस्वास कसको भोर ?
    ,
    आफ्नै रगत पिउन सक्ने बने बाबु आमा
    गरिबी नै कारण हो त ?कुरा खेल्छ मनमा
    ,
    जतिबेला निउज हेर्यो मारकाट भन्दा छैन
    देश अन्धो बनेको छ छैन कानुन एंन !
    ,
    मौका छोप्दै आफ्नो सन्तान बनेकाछन सिकार
    देश चलाउने ब्वासहरु गर्छौ हामी धिक्कार !
    ,
    ती आत्मालाई शान्ति दिन सजाय दे कडा
    ती आत्माको चित्कारमा रोयेकोछ सारा
    ती आत्माको चित्कारमा रोयेकोछ सारा !
    ,
    बिमला देवकोटा
    भरतपुर १२ मिलन चोक !

    कविता:**दशैको सम्झना**

    दशैँ आयो उमंगले हर्स बढाई छाउँदै होला
    आमा सम्झी सन्तानलाई कति याद आउँदो होला !
    ,
    सन्तानको चाहनालाई पुरा गर्ने आशा बोकी
    कठोरिदै टाढा भए मुटु माथि ढुंगा ठोकी !
    ,
    मिठो खाना पकाएर खाना दिने आमा छैन
    साथमा राखुँ भने सधै लाउन दिने नाना छैन !
    ,
    बदलिन्छ ऋतु सधै ओत दिने छानो छैन
    दिन भरि काम गर्यो छाक टार्ने मानो छैन !
    ,
    सधै आसुँ बर्सिदिन्छ खुसि सबै लुकेपछी
    गरिबीको पोल्टो माथि जन्म लिन पुगेपछि !
    ,
    ममतालाई खाती राखी तिम्रो खुसि टार्दैछु म
    जतिसक्छु तिम्रो लागि खुसीको बार बारदै छु म
    जति सक्छु तिम्रो लागि खुसीको बार बारदै छु म !
    ,
    बिमला देवकोटा

    गजल:**तिम्रो मनको बगैचामा**

    तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो
    तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो !
    ,
    जीवन भरि तिम्रै न्यानो स्प्रसमा बसी
    तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो !
    ,
    संसार कति रमाइलो छ जिउन जाने देखि
    अन्धकारमा जुन बनी  खुल्न पाए हुन्थ्यो!
    ,
    जति टाढा हुदै गयो उति याद आउछ किन ?
    सपनीमा भए पनि ,संगै झुल्न पाए हुन्थ्यो!
    ,
    बिमला देवकोटा
    भरतपुर

    गजल:**तेरो ,मेरो **

    तेरो मेरो भन्छन यहाँ जानु पर्छ खाली हात
    हाँसी खुसि जिउन सिकौ न चढाई मात !
    ,
    धन सम्पति ठुलो ठान्छन इमान्दारी भन्दा
    बिस्वास र इमान माथि पनि हान्छन लात !
    ,
    देखा सिखी गर्न खोज्छन समाजमा धेरै
    गर्छन पहिला कालो धन्दा पछी लाग्छ बात !
    ,
    राता रात धनि बन्छन क्षेणिक हुन्छ सुख
    गुहार माग्दा दिन गाह्यो साथि भाइको साथ !
    ,
    अहंकार बढाउदै नीति नियम तोडछन्
    असन्तोसी जहिले पनि मानिसको जात !
    *
    बिमला अधिकारी
    भरतपुर ,चितवन

    गजल:**बिदेश तिरै**

    बिदेशतिरै धाउनु पर्‍यो, बाँच्ने आधार खोज्न पनि
    गाह्रो भयो जिन्दगीमा,असल  बाटो रोज्न पनि ।
    ,
    मनको ढोका कम्जोर थियो अन्जानमा खोलिदिएँ
    गल्ती मेरै हो कि भनी वाध्य भए सोच्न पनि ।
    ,
    बारम्बार माफी मागे कमजोरीको संज्ञा दिए
    सत्य थिए कति कुरा मनै भित्र कोच्न पनि ।
    .
    ''बनाई दियौ जिबन बर्बाद'' पोलिरा'छ ति सब्दले
    पायौ धेरै ठाउँ हरु रूखो बचन घोच्न पनि ।

    कविता:**तिहार भयो फिक्का **



    तिहारको खुसियाली छायोहोला माइतीघरमा
    सएपत्री र मखमली फुले होलान आँगनीमा,l
     ,
     सप्तरंगी टिका हरु थालि भरि सजाउदै
    लिन्थेयौ फेरो दाजुभाइको दुबोलेतेल घुमाउदै,
    ,
    ओखर फुटाइ आसिस जुटाई लाउथे टिका रमाउदै
    मिठा, मिठा मसलाको हातमा थालि थमाउदै
     ,
    भान्सा घरमा सेलरोटी अनि अनारसा हुने
    बन्थ्यो खाना दाजु भाइको मुखै रसाउने,l
     ,
    यसपाली लाइ आउन पाइन फुलटिपेर माला गाँस
    निधार खालि नराख भाई फूपुबाट टिका टाँस,l
     ,
    गलामा माला, शिरमा टोपी निधारमा टिका
    लाउन पाइन् यसपालिनी मनभाछ फिका फिका,l
     ,
    सात समुन्द्र पारि भएँ नचाडबाड आउछ मलाइ
    हाँस्न खोज्छु देखाओटी दुख सबै मनमा दबाई l
    ,
    बिमला अधिकारी [देवकोटा ]
    भरतपुर

    कविता:**बिन्ति छ माँ**

    मानव को प्राण भित्र तिम्रो बास हुन्छ भने
    तड्पाई को चित्कारले तिम्रो मन छुन्छ भने l
    *
    लक्ष्मी माँ सुन्छौ भने म दुखीको पुकार
    अन्धकार ति बस्तिहरुमा दिप जलाउन पुग l
    *
    नाङ्गो जिउमा टालो देउ भोको पेटमा गास
    गरिबको झुप्रोहरुमा बस्न जाउ बास l
    *
    धनि सधै माथि हुन्छन गरिब सधै तल
    बाच्नु पर्छ ति गरिबले मर्दै पल पल l
    *
    सारा सूस्टी तिम्रो हातमा नहेरी देउ चोट
    तिमि माथि लाग्न सक्छ अविस्वासको खोट l
    *
    पुकार गर्छु लक्ष्मी माँ बिन्ति चढाएरा
    जगत सारा बाच्न सकुन खुसि बढाएर l
    *
    बिमला अधिकारी [देवकोटा ]
    भरतपुर चितवन l

    गजल:**बचनले बाँधी दियौ**

    बचनले बाँधी दियौ तिम्लाई सामु देख्न पनि
    आँट छैन तिम्रो नाममा एउटा पत्र लेख्न पनि।
    ,
    सारा आसुँ तस्विर माथि खासालेर रुँदै बसें
    चाहेर नि सकिन खै आँशुको मूल छेक्न पनि।
    ,
    देखावटी नभएर साँचो मायाँ थियो मेरो
    गडी सक्यो मुटु भित्र निकालेर फेक्न पनि
    ,
    ब्यर्थ भयो जीवन मेरो बिस्वासमा पर्दा आज
    चोट लाग्यो मुटु भरी सकिन खै सेक्न पनि ।
    ,
    भरोसाको बाँध फुट्यो माया माथि घात हुँदा
    गाह्रो भयो गन्तब्यको संघारमा टेक्न पनि ।
    ,
    बिमला अधिकारी {देवकोटा}
    भरतपुर चितवन

    गजल:**पीडाको आगो **

    पीडाको आगो सल्काई गयौ म जल्न सकिन
    छट्पटी रहे त्यो दुखाई भित्र म गल्न सकिन।
    *
    थपिदै जाँदा बिछोडको चोट सहन गारो भो
    अपाङ्ग जस्तै भाको छु तर म ढल्न सकिन ।
    *
    के कमि थियो मायाँ मा मेरो बाटो नै बदल्यौ
    फेरेर मन प्रितको छायाँ म छल्न सकिन ।
    *
    जहाँ छौ तिमि खुसीले बाँच कामना छ मेरो
    लचिलो बृक्ष भएर सायद म फल्न सकिन ।
    *
    नसोच्नु मलाई भुलेर साथ बेमानी गर्दैछु
    घायल भयो तन र मन म चल्न सकिन ।
    *
    बिमला अधिकारी {देवकोटा}
    भरतपुर चितवन

    गजल:**दुख ,सुख **

    दु:ख सुख जिन्दगीको पाटो फरक रैछ हजुर
    उनले अनि मैले हिड्ने बाटो फरक रैछ हजुर ।
    ,
    एउटै बज्र परेको'थ्यो दुबै माथि बराबरी
    घाउ यौटै भए पनि खाटो फरक रैछ हजुर ।
    ,
    आशा के नै राख्न सक्थे मिठो बोलि भन्दा अरु
    लिने दिने बिस्वासको साटो फरक रैछ हजुर ।
    ,
    जे जे रोप्यो तेही फल्छ भन्ने कुरा सुनेको थें
    खुसि रोप्दा चोट पाएँ माटो फरक रैछ हजुर ।
    *
    बिमल अधिकारी {देवकोटा}
    भरतपुर चितवन...

    गजल:**एक्लै युद्द थाल्यौ**

    एक्लै युद्द थाल्यौ अब नहार्नु है सानु
    भाबुक बन्दै तड्पी आँसु नझार्नु है सानु।
    ,
    दिन्न भन्थें एक्लै लड्न झुक्याएर गयौ
    यात्रा बिचमै अलपत्र नपार्नु है सानु ।
    ,
    बिस्वासको दियो बाली बस्छु तिम्रै नाउँमा
    मलाई भेट्न आउने भाका नसार्नु है सानु ।
    ,
    तिम्रै हुँ म तिमी मेरो मानेकी छु मैले
    यो मन छोडि अर्कै बाग नचार्नु है सानु ।
    ,
    जुनी भरि तिम्रै नामको सिन्धुर पोते लाउछु
    अन्तिम सास सम्म माया नमार्नु है सानु ।
    ,
    बिमला अधिकारी {देवकोटा}
    भरतपुर चितवन
    रचना ; २३ कार्तिक २०६८

    गजल:**लेक बेसी**

    लेक बेशी धाउँने मन नभएको कहाँ हो र
    गाउँ संम्झी आउँने मन नभएको कहाँ हो र!
    *
    मक्कियो रे छानो अब भन्छन झरी थामिंदैन
    टिन हाली छाउँने मन नभएको कहाँ हो र !
    *
    सुशेलिको मिठो भाका कानै भरी गुन्जिदै छ
    रोधी घरमा गाउँने मन नभएको कहाँ हो र !
    *
    बिरानो यो मुलुकमा बस्छु सधैं तड्पिएर
    न्यानो मायाँ पाउने मन नभएको कहाँ हो र !
    *
    बिछोडको आसुँ झार्दै एक्लिएको धेरै भयो
    चोखो प्रित लाउने मन नभएको कहाँ होर !
    *
    बिमला अधिकरी
    भरतपुर ,चितवन

    गजल:**आफ्नै नजर बाट **

    आफनै नजर बाट अलिकति झरें आज
    यथार्थ त्यो अंगाल्न थोरै पर सरें आज।
    ,
    कर्तव्यका पर्खाल आँखा सामु तेर्सि दिदा
    अनायासै टुट्यो  मुटु जिउँदै मरें आज ।
    ,
    दबाएर  राखें  अनगिन्ति चाह मनका
    छट्पटाउँदै  आँसुको सागर तरें आज ।
    ,
    अभावमा पिल्सिएर धान्नु पर्ने जीवन
    बेदनाको पोको खोल्ने  आँट गरें आज ।
    ,
    अन्जानमै  गल्ति भयो  बाटो नचिन्नाले
    भेटुँला कि गन्तब्य ? दोधारमा परें आज ।
    ,
    बिमला अधिकारी
    भरतपुर चितवन
    रचना ; २९ कार्तिक २०६८ 

    गजल:**म मान्छे **

    म मान्छे कर्तव्यले झुकायो मलाई
     पलपल  समयले चुकायो मलाई ।
     *
     छैन बिकल्प पछुताउनु भन्दा अरु
     के भनौ बाध्यताले रुकायो मलाई ।
     *
     थिए अनमोल मिलनका बात हरु
     त्यै मिठो बचनले दुखायो मलाई ।
     *
     बोलेर सक्दिन सुधार्न भुल आज
    यी आँसु रित्तिएर सुकायो मलाई ।
     *
     बिमला अधिकारी[देवकोटा]
                    भरतपुर चितवन l       

    गजल:**मिठो चाह**

    मिठो चाह देखाएर मुटु भित्र बेर्‍यौ किन
    जे–जे भने ज्ञानी बनी सबै कुरा टेर्‍यौ किन।
    ~
    एक्लै थिएँ यो धर्तिमा तिमी आयौ साथ दिन
    झिनो आशा देखाउदै मेरो भाग्य केर्‍यौ किन ।
    ~
    जिन्दगीको गोरेटोमा एक्लो यात्री हिड्दै थिए
    दुःख सुख साट्छु भन्दै मिठो हेराइ हेर्‍यौ किन।
    ~
    सहयात्री बन्छु भन्थ्यौ जीवन भरि साथ दिन
    विवश बन्दै आज फेरि चाह अन्तै फेर्‍यौ किन।
    ~
    विमला अधिकारी
    चितवन, भरतपुर

    गजल:**तिम्रो इच्छा बिना **

    तिम्रो इच्छा बिना मैले एकै पाइला चालिन भो
    जे जे भन्यौ मान्दै गए कुनै कुरा टालिन भो !
    *
    रुख चढाई आज मलाई फेद बाट ढाली दियौ
    मुटु भयो छिया छिया तर मायाँ फालिन भो !
    *
    तिम्रै लागि रोएको छु दिन रात नभनेर
    देवता मानी पूजा गर्छु रिस राग पालिन भो !
    *
    साथ को त कुरा छोडौं पानी बारा बार गर्र्यो
    आशा जती मरे सबै तर जीवन गालीन भो !
    *
    थियो मन संगै बाँच्ने संगै मर्ने यो जूनिमा
    अधुरै भो सपना त्यो दोश तिम्लाई हालिन भो !
    *
    बिमला अधिकारी
    भरतपुर चितवन

    गजल :**मिठा मिठा बातहरु**

    मिठा मिठा बातहरु गर्ने मान्छे तिमी
    जता खुशी मिल्छ उतै सर्ने मान्छे तिमी।
    *
    खाटो बसि सक्या घाउ कोट्याएर छोड्यौ
    सुन्छु फेरी अरुको पिर हर्ने मान्छे तिमी।
    *
    हाते मालो गरि संगै सागरमा डुब्ने भन्दै
    किनारामा छोडी एक्लै तर्ने मान्छे तिमी ।
    *
    साना तिना गल्ति हुँदा छोड्ने कुरा गर्‍यौ
    मेरै लागी संसार भुली मर्ने मान्छे तिमी।
    *
    मन बुझ्ने ठाँउ छैन सम्झिएर ल्याउँदा
    आसुँ दिइ आफु हाँसो भर्ने मान्छे तिमी ।
    *
    बिमला अधिकारी
    भरतपुर,चितवन

    गजल :**तिम्लाई माया गर्छु धेरै **

    तिम्लाई  मायाँ गर्छु धेरै ढाँट्या छैन मैले
    विरुद्धमा कुनै कुरा काट्या छैन मैले /
    *
    बिर्सिएको छैनौ मलाई यो मनले भन्छ
    शंका गरि पापको डोरी बाट्या छैन मैले /
    *
    जति मायाँ दिन सक्यौ सम्हालेर राखें
    आँशु दियौ हाँसो दियौ छाँटया छैन मैले/
    *
    दुनियाँले जे सोचे नी मान्ने छैन   मन
    तिमी बिना  पाइला चाल्न आँट्या छैन मैले/
    *
    जुनी भरि तिम्रै बन्ने कशम खाएको छु
    मन मुटु अन्त कतै साट्या छैन मैंले /
    *
    बिमला अधिकारी
    रचना ;२२ मंसिर २०६८

    गीत :**सपना भरि साथमा पाउँछु **

    सपना भरि साथमा पाउछु बिपना रित्तै छ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    आभास मिठो दिएर आज छोडेर गयौ नि
    देखायौ आशा भरमा परे अर्कैको भयौ नि
    दोबाटो बिचै अन्योल पार्‍यौ  अतित बिज्दै छ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    बसेर आज टोलाउँछु एक्लै के गल्ति गरेछु
    दुइ दिने रैछ त्यो तिम्रो मायाँ भरमा परेछु
    लिलामी ठान्यौ पवित्र मायाँ त्यो मन बिक्दैछ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    सपना भरि साथमा पाउछु बिपना रित्तै छ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    बिमला अधिकारी
    चितवन,भरतपुर 

    गीत :**धोका दियो समयले **

    गीत;

    धोका दियो समयले आँशु दिने धेरै भए
    ताली मार्दै देखावटी हाँसो दिने धेरै भए ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    पसिनाको मुल फुटाई कर्म पनि गरेकै छु
    जती चोट लागे पनि घाउमा मलम भरेकै छु
    साथ छोडी बिछोडको नासो दिने धेरै भए
    देखावटी ताली मार्दै हाँसो दिने धेरै भए ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    दु:ख पछी सुख भन्थे मेरो भागमा परेन की
    जीवन भरि बग्यो आसुँ अझै पीडा टरेन की
    यो जूनी त यस्तै भयो चासो दिने धेरै भए
    देखावटी तालि मार्दै हाँसो दिने धेरै भए ।।
    ~~
    बिमला अधिकारी
    भरतपुर चितवन
    रचना; पौष १-२०६८  

    Wednesday, August 15, 2012

    गजल: "सहयोगी हात पाएँ"

    अप्ठ्यारोमा पर्दा खेरी सहयोगी हात पाएँ
    चुकाएर नसकिने  मुल्यवान साथ पाएँ !
    *
    साहित्यलाई माया गर्दै मनको भाब पोख्दा आज 
    साथी संगी सबै बाट स्याबासीको खात पाएँ !
    *
    तिता मिठा पलहरु  एक्लै व्यतित गर्दै थिएँ
    अनायासै जिन्दगीमा बिना प्याला मात पाएँ !
    *
    याद हरु संगालेर जिउने बानी परेको थ्यो 
    उस्तै उस्तै विरहको कथा लेख्ने जमात पाएँ !
    *
    बिमला अधिकारी देवकोटा
    भरतपुर ,चितवनत

    Monday, August 13, 2012

    गजल ,असारको सम्झनामा

    घरको धन्दा निम्ट्याएर सिस्ने खोला तरिसके
    लौन साथी छिट्टो  गर  सबै बेसी झरिसके !
    *
    आकाश ढाक्यो बादलुले सिमसिम पानी पर्न थाल्यो 
    बाउसे गर्ने बाउसे दाइ नि गरातिर सरिसके !!
    *
    हातमा बिउ लिन थाले साथीसंगी रमाउदै
    आसारेको भाका हाल्ने अब सुर  गरिसके !!!
    *
    रोपारे र बाउसे बीच छेपा छेप गर्दै हिलो
    बाउसे दाइ बिचरा ति फन्दा भित्र परिसके !!!!
    *
    रमाइलोमा  दिन बित्यो थकाइ छ एकातिर
    बाँकी रह्यो बिउ अझै तर गरा भरिसके !!!!!
    *
    बिमला अधिकारी [देवकोटा ]
    भरतपुर चितवन

    कथा: **अर्को भाग्यको पर्खाइमा**

    सबै लाई थाहा भएकै कुरा हो। अभावको जिबन जिउन कति कस्ट र पीडादायक हुछ भनेर,तर के गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेली लाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैबले। शायद छैटीको दिनमा चमेलिको भाग्यरेखा कोर्ने बेलामा भगवान लाई पनि सेतो कागज र कालो मसीको अभाब परेछ क्यार। र त आज उसको भाग्य लत्पतिएको अक्षरले कोरिएको कागज झैं भएको छ। आफैले नबुझ्ने अनी कसैले पनि पढेर स्मरण गर्न नसक्ने गरी।
    यस्तो हुनुमा बिचरी जन्म दिने ति आमाको के दोस? उनले त ९ महिना सम्म गर्भमा राखेर यो सुन्दर धर्तीमा पाइला टेकाईन। अभाबै अभाबमा दिन प्रति दिन चमेलिको चढ्दो उमेर संगै उसका गतिशिल पाइला हरु अघी बढ्न थाल्यो। उसको भाग्यको रेखा अस्पस्ट भएता पनि कर्म रेखा भने चम्किलो कोर्न चाहन्थी ऊ। किन की कर्म रेखा त आफैले कोर्ने रेखा थियो। आफ्नो लागी त जो कोहिले पनि राम्रो नै होस् भन्ने चाहना राखेको हुन्छ। त्यो मध्य चमेली पनि थिइ। समयको गति संगै उसको जीवन पनि दु:ख,सुख,घाम पानी सबै संघर्सका बावजुद अघि बढ्दै गयो। कुनै कुराको अभाबको महसुश नगरी कन अघी बढी
    नै रही चमेली। जती नै दु:ख परे ता पनि नआत्तिइ कन साउनको भेलमा बगेको सालको मुढा जस्तै कहिले यो किनारमा त कहिले त्यो किनारमा ठोक्किदै अैया आथ्था को कुनै प्रतिकृया नदेखाई निरन्तर बगिरही बगिनै रही।
    हो उसलाई थाहा छ। यो धर्ति कती सुन्दर अनी मनमोहक छ भनेर। तर पनि  कता कता पीडाको बोध भइरहन्छ उस्लाई। सायद उसको जिबनको बाटाहरु नै यस्तै पीडा र अभाबले भरिएका छन। पुर्खाको भनाइमा सत्यता हुन्छ भन्छन र भन्ने गरिन्छ पनि। "लेखेको पाइन्छ देखेको पाइदैन" हो यो कुरा ऊ सोध्न चाहन्छे। के त्यो निर्दोश बालकको निधारमा कोरिएको रेखा असुभ थियो त? के उसले जिबन भर बिना गल्ती नै पिडा भोग्नु पर्ने नै हो त? कसैले गरिदिएको गल्तिको सजायँ भोग्दै यो सुन्दर संसारमा सधै औंशीको रात जस्तो अन्धकार बनेर बित्ने भो त उसको जीवन ? अनि फेरी सुन्ने र भन्ने गरिन्छ। "दु:ख पछी सुख अबस्य हुन्छ रे" । यदी त्यसो हो भने किन चमेलिको जिबनमा खुसीको बहार छाउन सकेन त ? हो उमेरको बहाव संग संगै उसले कसै सँग निस्चल मायाँ गाँसेकी थिइ। तर उसको मायालाई समय र परिस्थितीले अचानक लात्याइ दियो। के उसको कसै सँग माया पिरती गाँस्ने अधिकार थिएन त? किन उसको मायाँ गर्ने मनले कसैको मायाँ पाउन सकेन त? किन उसले बनाएका आस्था र बिस्वासका मुनाहरु बिचैमा चुडिन थाले? किन उसको खुशी र चाहना हरु लाई कसैको मनले बुझ्न नसकेर लत्याई दिन्छन? आखिर अरुको जस्तै उसको पनि त मन छ,मुटु छ। उसले मात्रै यो रंगिन संसारमा सधै भरी मुटु माथि ढुंगा राखेर हाँस्नु पर्ने किन? यस्तै अनेकानेक प्रश्न हरुले चमेली लाई घच्घच्याई रहन्छ। झन्डै जिबनको आधा बसन्तहरु लाई पार गरि सक्दा पनि उस्ले जिबनमा कुनै त्यस्तो खुसीको पल पाउन सकिन जहाँ/जुन संसारमा ऊ रमाउन सकोस। शायद भाबिले नै छैटिमा यी सारा कुराहरु बाट उसलाई बंचित गराएको छ। हुन त जस्को भाग्यमा जे लेखिएको छ त्यही नै जीवनमा भोग गर्न पाईन्छ भन्छन। चमेलिको भाग्यमा पनि यस्तै थियो शायद।
    यो सुन्दर संसारमा जीवनका सारा दु:ख अनी बेदनाहरु लाई बिर्साउँदै आफ्नो मायाँलुको न्यानो अंगालोमा लिप्त भएर जुनि जुनि सम्मलाई नछुट्टिने कसम खाँदै नयाँ संसारमा रमाउने सुखानुभुतिको चाहना मन भरी सजाएकी थिइ चमेलिले। एक रथका दुई पांग्रा भएर मायाँलु दुई आत्माको प्रेमिल सम्झदारिमा जीवनका हरेक दु:ख सुखका खुड्किला हरु पार गर्ने सपना केवल सपनामै सिमित भए चमेलिको जीवनमा...बस अर्को भाग्य रेखाको पर्खाइमा....../
                                                       
                                                         *समाप्त*
                                                  
                                             
     लेखिका: बिमला देवकोटा
      भरतपुर, हाल इजरायल

    कविता ,गरिबको दशैँ

    बिहानीको किरण संगै उमंगले देश छायो
     दुइहजार सत्सठ्ठीको बडा दशैँ पनि आयो/
    *
    निर्दयी र कठोर बन्दै आयो दशैँ खुसि बोकी
    कतिले त हाँस्नु पर्छ दु;ख भित्र आँसु रोकी/
    *
    राम्रो लाउने मिठो खाने सन्तानको चाहनामा
     साहुको ऋण भित्र डुब्छन खुशी दिने बहानामा/
    *
    बर्षे झरी, प्रचण्ड ताप ओत दिने छानो छैन
    भरिया भै काम गर्यो छाक टार्ने मानो छैन/
    *
    छोराछोरी भन्छन कठै राम्रो नाना लाउने कैले
    किन आफै मरि गइन जन्म दिनु भन्दा पहिले/
    *
    धनि गरीव, ठुलो सानो नभनेर दशैँ आयो
     हर्षबढाई गर्छन् धनी गरिबलाई दशा भयो/
    *
    धनी गरीव बिचको दुरी हटाउन सबै लडे
    गरीव मरे सहिद भए हुनेखाने अघि सरे/
    *
    राक्षसको खोल ओडी अड्डा आफ्नो जमाउँदै
    गरिबको पसिनामा बाँचेका छन रमाउँदै /

    बिमला अधिकारी
    भरतपुर चितवन

    गजल ,धाउन सकिन ...

    मुर्छित शरीर लिदै उँभो धाउन सकिन
    खुसि रैछ धेरै टाढा पाउन सकिन !
    ~
    दुनियाँको हाँसो भयो मेरो जिन्दगानी
    पिडा सबै गीत बन्यो गाउन सकिन !
    ~
    मन भरि चोटै चोट छ खाली छैन ठाउँ
    घाउ दुख्दा  कठै मलम लाउन सकिन !
    ~
    पश्चातापको आगो भित्र जलिरा'छु आज
    पोल्दा छाती सितलता छाउन सकिन !
    ~
    धर्ति बनि सहदै छु अझै पीडा हरु
    कति सहुँ बिवस मुख बाउन सकिन !

    बिमला अधिकारी
    भरतपुर चितवन

    गीत ,लाउँदिन कर पनि ...

    छैन मलाई समाजको अब कुनै डर पनि
    मलाई मायाँ गर भन्दै लाउँदिन कर पनि!
    ,
    तिम्रो माया पाउन कति बगे मेरा आसुँ
    लुटी गयौ खुशी सबै कसरी म  हाँसु
    रुदै मागे तिम्रो साथ दिएनौ खै भर पनि
    मलाई मायाँ गर भन्दै लाउँदिन  कर पनि!
    ,
    गर्ने छैन गुनासो म तिम्ले अन्तै आँटे पछी
    मैले गर्ने चोखो मायाँ धन संग साटे पछी
    पाइला तिम्ले मोडी सक्यौ भन्दिन म सर पनि
    मलाई मायाँ गर भन्दै लाउँदिन  कर पनि!
    ,
    छैन मलाई समाजको कुनै अब डर पनि
    मलाई मायाँ गर भन्दै लाउँदिन कर पनि !
    ,    

    गजल ,कस्तो भयो होला ...

    कस्तो भयो होला मेरो लाली गुराँस फूल्ने वन
    वारी  पारि  लह  लह  सुना  खरी  झुल्ने वन !
     ,
    बसन्तको बहार संगै पलाउने ति वृक्ष हरु
    लोक भाका घन्काउँदै गाइ चराउँदै डुल्ने वन !
     ,
    संगै हिंड्थ्यौ मेलापात च्यान्टी भुन्टी कस्ता भए
    कुहु कुहु कोइलीको धुन सुन्दै भुल्ने वन !
     ,
    जहाँ जता पुगे पनि आफ्नै गाउँ लाग्छ प्यारो
    हरियाली डाँडा काँडा स्वर्ग जस्तै खुल्ने वन !

    गजल ,मिठा मिठा बातहरु ...

    मिठा मिठा बातहरु गर्ने मान्छे तिमी
    जता खुशी मिल्छ उतै सर्ने मान्छे तिमी।
    *
    खाटो बसि सक्या घाउ कोट्याएर छोड्यौ
    सुन्छु फेरी अरुको पिर हर्ने मान्छे तिमी।
    *
    हाते मालो गरि संगै सागरमा डुब्ने भन्दै
    किनारामा छोडी एक्लै तर्ने मान्छे तिमी ।
    *
    साना तिना गल्ति हुँदा छोड्ने कुरा गर्‍यौ
    मेरै लागी संसार भुली मर्ने मान्छे तिमी।
    *
    मन बुझ्ने ठाँउ छैन सम्झिएर ल्याउँदा
    आसुँ दिइ आफु हाँसो भर्ने मान्छे तिमी ।
    *
    बिमला अधिकारी
    भरतपुर,चितवन

    गजल ,तिम्लाई माया गर्छु धेरै ..

    तिम्लाई  मायाँ गर्छु धेरै ढाँट्या छैन मैले
    विरुद्धमा कुनै कुरा काट्या छैन मैले /
    *
    बिर्सिएको छैनौ मलाई यो मनले भन्छ
    शंका गरि पापको डोरी बाट्या छैन मैले /
    *
    जति मायाँ दिन सक्यौ सम्हालेर राखें
    आँशु दियौ हाँसो दियौ छाँटया छैन मैले/
    *
    दुनियाँले जे सोचे नी मान्ने छैन   मन
    तिमी बिना  पाइला चाल्न आँट्या छैन मैले/
    *
    जुनी भरि तिम्रै बन्ने कशम खाएको छु
    मन मुटु अन्त कतै साट्या छैन मैंले /
    *
    बिमला अधिकारी
    रचना ;२२ मंसिर २०६८

    गीत ,सपना भरि साथमा पाउँछु ...

    सपना भरि साथमा पाउछु बिपना रित्तै छ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    आभास मिठो दिएर आज छोडेर गयौ नि
    देखायौ आशा भरमा परे अर्कैको भयौ नि
    दोबाटो बिचै अन्योल पार्‍यौ  अतित बिज्दै छ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    बसेर आज टोलाउँछु एक्लै के गल्ति गरेछु
    दुइ दिने रैछ त्यो तिम्रो मायाँ भरमा परेछु
    लिलामी ठान्यौ पवित्र मायाँ त्यो मन बिक्दैछ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    सपना भरि साथमा पाउछु बिपना रित्तै छ
    आँसुका धारा अविरल बगे सिरानी भिज्दै छ/
    ,
    बिमला अधिकारी
    चितवन,भरतपुर 

    गीत ,तिम्रै नाम कोरी बसे ...

    सागर तरी किनारामा तिम्रै बाटो हेरी बसे
     हृदयको पाना भरि तिम्रै नाम कोरी  बसे!
     ,
    जब हुन्छु एकान्तमा अतितले घेर्छ मलाई
    तिम्रो न्यानो स्पर्शले कल्पमा मै बेर्छ मलाई
    उर्लिएका चाह हरु आफ्नै मनले सेरी बसे
    हृदयको पाना भरि तिम्रै नाम कोरी  बसे!!
     ,
    सक्दिन कि तिमी बिना टाढीएर बाच्न पनि
    माया अन्तै बाँडी दियौ जीवन भरि साच्न पनि
    जति दियौ आँसु हाँसो मुटु भरि बेरी बसे
    हृदयको पाना भरि तिम्रै नाम कोरी  बसे!!
     ,
    सागर तरी किनारामा तिम्रै बाटो हेरी बसे
    हृदयको पाना भरि तिम्रै नाम कोरी  बसे!!
     ,
    बिमला अधिकारी
    भरतपुर चितवन

    गजल

    तिमीलाई पाए देखि फुल्ने अनि फल्ने छु म
    लक्ष बोकी सत्मार्ग मा निसंकोच चल्ने छु म!
    ,
    सधै भरि भरोसा र हिम्मतले भरिदेउ
    मनका सारा पिर ब्यथा खुसिमान्दै छल्ने छु म!
    ,
    जीवनको गोरेटोमा तिम्रो साथ नपाउँदा
    पाइला हरु रोकिएर अनायासै गल्ने छु म !
    ,
    तिम्रै मायाँ धड्किंदैछ यो छातीको धड्कनमा
    क्षण भर छुट्यौ भने आत्तिएर ढल्ने छु म !
    ,
    छुटाएर चोखो प्रित छोडी कतै गयौ भने
    तिम्रै नाम जपि-जपी चिता माथि जल्ने छु म!
    ,
    बिमला अधिकारी
    भरतपुर चितवन

    गजल

    टाढा हुन दिने छैन तिम्लाई पल भर
    सम्हालेर राख्छु मेरै नजर वर पर !
    *
    दु;ख पर्दा साथ दिने कसम खाएका छौ
    सुम्पिदिएँ जिन्दगी यो जे जे गर्छौ गर !
    *
    सत्रु कतै लागे भने हाम्रो माया माथि
    समाजको काँडेतार भाँच्न अघि सर !
    *
    चाहिंदैन  सुनचाँदी ठुलो महल पनि
    मिठो खाना देउ भनि लाउने छैन कर !!!
    *
    बिमला अधिकारी
    रचना ; २८-१०-२०६८

    गजल, संघर्स नै रैछ जीवन

    संघर्ष  नै  रैछ जीवन   धेरै  दु;ख  पाएको छु
    सन्तानलाई खुसि दिने बाचा कसम खाएको छु!
     #
    बढ्दै गए छोरा  छोरी माग  धेरै राख्न थाले
    तिनकै  चाह पुरा गर्न  बिदेश तिर धाएको छु !
     #
    कर्तव्यले बाँधेको छ  आफू  खुसी  गर्न  पनि
    कठिनाइ संग लड्ने हिम्मत बोकी आएको छु !
    #
    बिरानो यो मुलुकमा आफ्नो भन्ने छैन कोही
    यिनै  रोगी  आमा संग न्यानो प्रित लाएको छु !
    #
    केहि वर्ष   काम गरि  थोरै आर्जन  गर्न पाए
    आवश्यक्ता टार्न सकुं  मनले यही चाहेको छु  !
    #
    बिमला अधिकारी
    भरतपुर चितवन
    रचना ; १ चैत्र २०६८ 

    गीत ,पल पल आज सम्झदै छु ती साथहरु ...

    पलपल आज सम्झिँदैछु अधुरा ति साथहरु
    तड्पिएरै बिते कति  दिन  अनि रातहरु  !!!
    ,
    भुल्न खोज्छु तितो अतित बल्झी दिन्छ झन्
    निष्ठुरीलाई सम्झी सम्झी रुन्छ किन  मन
    झर्दा आसुँ पुछि दिने तिनै  कोमल हातहरु
    पलपल आज सम्झिँदैछु अधुरा ति साथहरु!!
    ,
    बाटै मोडी जानु थियो नाता किन जोड्यौ भन ?
    संगै जिउने बाचा थियो साथ किन छोड्यौ भन?
    मिठा मिठा सपना का मदहोसी  मात हरु  
    पलपल आज सम्झिँदैछु अधुरा ति साथहरु!!!
    ,
    पलपल आज सम्झिँदैछु अधुरा ति साथहरु
    तड्पिएरै बिते कति दिन  अनि रातहरु  !!!
    ,
    बिमला अधिकारी
    रचना ; ३ चैत्र ३०६८ 

    गजल

    तिम्रो चाह रित्याएर मेरो झोली भर्दिन म
    आँसु पिई बाँच्न सिकें हाँसो माग्न सर्दिन म !
    ,
    सधैं  भरि पाइलाहरु उन्नतिमा लम्किरहुन
    टाढै  बसि  हेर्छु बरु तर अघि पर्दिन म !
    ,
    जति सत्रु ठाँन्छौ  मलाई उति गर्छु सम्मान
    तिम्रो खुसि नदेखी त यो जुनिमा मर्दिन म !
    ,
    बारम्बार सोधेको'थें कसम खानु भन्दा पैले
    झुटो भयो बाचा तर बदनाम गर्दिन म !
    ,
    नियतिकै खेल थियो चोखो मायाँ छुट्नु पनि
     ढुक्कै बस पिच्छा गरि तिम्रो खुशी हर्दिन म !
    ,
    बिमला अधिकारी
    भरतपुर चितवन
    रचना ; १३ चैत्र २०६८ 

    प्यारी छोरीलाई जन्म दिनको सुभकामना ''वर्षा ''

    , ******शुभकामना *******सुभकामना *******सुभकामना *********
    ,
    आज मेरी छोरी १४ बसन्त पार गरि १५ बसन्तमा प्रवेश गर्दैछिन l साथै वर्ष भरिको आफ्नो पढाईको नतिजा पनि आजैको दिनमा प्रकासित हुदैछ! कक्षा ९ बाट कक्षा १० मा प्रबेस पनि गर्दैछिन l यसै सुभ-अबसरमा टाढै बाट भएपनि छोरीको सु-स्वास्थ्य ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै यो सानो रचना छोरीको जन्म दिनको सुभ-कामनाको लागि समर्पण गर्न चाहन्छु l
    मलाई माफ गर छोरी! यो सालको जन्मदिनमा तिम्रो साथमा हुन्छु भन्ने बचन दिएको थिए! तर मैले हारेकी छु, समय र परिस्थिति भनौ या बाध्यताले गर्दा आइपुग्न सकिन! अब छिट्टै तिम्रो साथमा हुने प्रण गर्दे .............आमा बिमला l
    ,
    टाढा भएँ जन्मदिनमा आउन पाइन् छोरी
    आशिर्वाद दिंदै  टिका लाउन पाइन छोरी !
    ,
    बचन तिम्लाई दिएको थें पक्कै आउछु भनि
    उपहार किन्न बजार  धाउन पाइन छोरी !
    ,
    दुइ आखाँको नानी तिमी यो मुटुको धड्कन
    जन्म दिनमा खुसियाली छाउन पाइन छोरी !
    ,
    बाध्यतामा टाढा भए माफ गर मलाइ
    आफ्नै हातले मिठो खाना ख्वाउन पाइन् छोरी !

                             वर्षा देवकोटा

    केहि मुक्तकहरु

    १,
    देश हाक्नेको पारा त्यस्तै आफ्नो स्वार्थ मात्र हेरे
    जननीको ढुक ढुकिलाई आफ्नो फन्दा भित्र बेरे
    नत हाँसो दिन सके नत आँसु पुछ्न सके
    जन्मभुमी पीडा खेप्दै  निसासिदै रुदै छिन रे !
    २,
    शान्ति दिप जलाउन सबै जाग्नु पर्छ यहाँ
    हाते मालो गरि गरि शान्ति माग्नु पर्छ यहाँ
    अति भयो जाल झेल  देखासेखी  पनि धेरै
    कुठाराघात गर्ने हरु छिटै भाग्नु पर्छ यहाँ !
    ३,
    पौरखी ती हातहरुले स्वाभिमान कमाएको
    हेर्न खोज्छिन नेपाल आमा आफ्नो सन्तान रमाएको
    एकजुट भइ अघि बढ भन्छिन आमा सधैं  भरि 
    हेर्न  आतुर भा'छिन् आमा देशको मुहार हंसाएको !  
    ४,
    देशको ताला चापी आफ्नो हातमा पाएका छन्
    नाता गोता बोकी सधै बिदेश तिरै धाएका छन्
    रगतको खोला बगाई कति मरे नेपाली ति
    सहिदको सपना लाई पिजा संगै खाएका छन !
    ५,
    सिमानाको खम्बा सर्र्यो भन्ने सुन्छिन नेपाल आमा
    पुर्पुरोमा हात राख्दै कठै रुन्छिन नेपाल आमा
    भन्छिन आमा कस्तो कपुत जन्माएँछु मैले आज
    न त  मर्नु न बाँच्नु पार्र्यो   भन्छिन नेपाल आमा !

    गजल: **आमा **

    आज नेपाली परम्परा अनुसार आमाको मुख हेर्ने दिन मलाई जन्म दिनु हुने पुज्जनिए आमा लगाएत सम्पूर्ण नेपाली आमा हरु प्रति सु-स्वाथ दिर्गायु को कामना गर्दै  यो सानो गजल समर्पित गर्न चाहन्छु ll
    ,
    गजल ; आमा
    ,
    बाचा गर्छु अर्को शाल तिमी संगै  हुन्छु आमा
    प्रबासमा आँशु झार्दै  तिम्रै फोटो छुन्छु आमा !
    ,
    बाध्यतामा टाढा भएँ मुटु भरि माया बोकी
    अतितमा  पर्छु जब तिम्रै यादमा रुन्छु आमा !
    ,
    जन्म दियौ यै धर्तीमा कर्म योद्धा बनाई दियौ
    तिम्रो आँसु बग्न दिन्न यी हातले थुन्छु आमा !
    ,
    खै कसरी तिर्न सक्छु अमृत धारा पिलाएको
    खुसि दिने बाटो खोज्दै मनमा कुरा गुन्छु आमा!
    ,
    देव पुज्न मन्दिरमा धुप बत्ति गर्दा खेरि
    चारै कुना तिम्रै नाम गुन्जिएको सुन्छु आमा !
    ,
    बिमला अधिकारी
    रचना ; ८ बैशाख  २०६९

    गजल

    गजल ; खरानी भएँ म
    ,
    कुनै दिन तिम्रो आँखाको नानी भएँ म
    दु;ख बिसाउने न्यानो सिरानी भएँ  म !
    ,
    मेरो मन पगाल्न बगायौ आँसु धारा
    बैंशालु त्यो नजरमा जवानी भएँ म !
    ,
    खै कसरी तिमीमा त्यो स्वार्थ भरिएछ
    बिर्सियौ एकै पलमा, बिरानी भएँ म   !
    ,
    नचाउन  खोज्दैथ्यौ आँखैको इशारामा
    नचाहेरै फेरी  तिम्रो निशानी भएँ म  !
    ,
    रुखो बचनले पल पल मार्यौ आज
    जिउँदै जलायौ र त,खरानी भएँ म  !
    *
    बिमला अधिकारी ,देवकोटा
    भरतपुर ,चितवन

    गजल

    फस्टाउने बिकाशको मूल सुकेको छ
    र त आज जननीको हाँसो लुकेको छ !
    ,
    गर्ब गर्ने ठाँउ छैन आफ्नै सन्तानमा
    हेर्दा हेर्दै गोर्खालीको शिर झुकेको छ !
    ,
    तेरो मेरो गर्दा गर्दै हत्या हिँसा बढ्यो
    बिना मियो दाइँ गर्दा मेलो चुकेको छ !
    ,
    भाइ भाइ लड्न थाल्दा हेपे पराइले
    कठै बारा नेपाली को मुटु दुखेको छ !
    ,
    लौन दाजु लौन भाइ कान ठाडो पारौं
    करेसामा छिमेकिको कुकुर भुकेको छ  !
     ,
    बिमला {अधिकारी} देवकोटा
    चितवन,भरतपुर

    गजल

    भित्र थियो हाँसो खुशी झुपडी त्यो खर्को थियो
    सु-सम्पन्न महलको बाहिरि माहोल चर्को थियो !
    ,
    काम गर्दै दिन बिते  साँझ बिते   सुन्यतामा
    एक्लो जीवन बिताउन कोलाहल नी झर्को थियो !
    ,
    सक्दिन कि पुरा गर्न उनले राख्ने त्यो  चाहना
    तन मनले आफ्नो ठान्छु भन्नेको त लर्को थियो !
    ,
    असिमित चाह मन्को राम्रो लाउने मिठो खाने
    दु;ख गर्ने एउटा थियो पेट भर्ने अर्को थियो !
    ,
    वास्तविक भन्दा पनि देखावटी धेरै भयो
    स्वतन्त्रता बंधी गर्ने सिन्दुरको धर्को थियो !
    ,
    बिमला अधिकारी
    चितवन,भरतपुर

    गजल

    बुझ्नेलाइ श्री खण्डथ्यो न बुझ्नेलाइ झार भयो
    आफ्नो पराइ  नचिन्दामा पानी बारा बार भयो !
    *
    हात समाई खाएका ती कसम आज कहाँ गए
    बरबर आसुँ खसाउदै बोलेको  के सार भयो  !!
    *
    बीचबाटोमा रोकिदियौ पाइला अघि चल्दै थिएँ
    आखिर मेरो माया आज बिझ्ने काडें तार भयो  !!!
    *
    स्वार्थी बन्नु थियो भने विश्वास किन दिलाइ गयौ?
    आफै भित्र मर्छु सधै जीवन साह्रै  भार भयो  !!!!
    *
    रुवाएर गयौ तिमी खुसि हुनु सधै भरि
    दुख,पिडा यहि रोदन मेरो बाँच्ने आधार भयो  !!!!!

    *
    बिमला अधिकारी
    रचना ५ ज्येष्ठ २०६९

    गहल

    तारा टुट्यो आकाशमा हेर्न सकिन
    नयनमा प्रतिबिम्ब फेर्न सकिन !
    *
    चाहेको छु तिम्रै खुशी हाँस तिमि नै
    आफ्नो ठानी अंगालोमा बेर्न सकिन !
    *
    सम्हालेर राखेको छु हाम्रो पिरती 
    बिर्स भन्यौ तिम्रो रुप टेर्न सकिन !
    *
    कति खेरै छैन मेरो आँखा ओभानो
    कम्जोर भो मन्को बाँध घेर्न सकिन !
    *
    तिमीबाट टाढा हुन बाध्य बनायौ
    मरे सरि भा'छु घाँटी सेर्न सकिन !
    *
    बिमला अधिकारी
    भरतपुर चितवन

    गजल :**छोरीलाई जन्म दिनको सुभकामना** !

    दसौ बसन्त पार गरि एघारौ मा गयौ छोरी
    छोडी आउदा तोते बोल्थेयौ आज ठुली भयौ छोरी .. हजुर मेरो प्यारी सानी छोरी आज दस बसन्त पार गरेर एघारमा प्रबेस गरेकी छिन यसै सुभ अबसरमा प्यारी छोरीको सुस्वास्थ ,दिर्गायु र उत्तर उत्तर प्रगतिको कामना गर्दै टाढा रहेकी आमाको तर्फबाट जन्म दिनको मुरी मुरी सुभकामना यसै फेसबुक को भित्तो मार्फत दिन चाहन्छु l
    *
    पापा किनी आउँछु भन्दै झुटो बोलि आएँ
    मन कस्यो बाध्यताले टाढा सफर धाएँ !
    *
    बाहुबाट निकालेर रुवाउँदै छोडी आउँदा
    श्राप लाग्या जस्तो भयो धेरै दु;ख पाएँ!
    *
    मन जति रोए पनि हाँस्न पर्ने बाध्यता छ
    चोट भित्र रुमलिंदै यो मनको गाथा गाएँ !
    *
    जहाँ छु म ममताको आँचलले छोपी रा'छु
    टुट्न दिन्न ममतालाइ मैले कसम खाएँ !
                                             झरना देवकोटा                      

    गीत ,मैले सागर तरे पछी ...

    नखोज्नु है किनारमा मैले सागर तरेपछि
    आउछ दिन पर्खदैन समय त्यो टरेपछि !
    *
    धेरैं रोएँ जिन्दगीमा अब हाँस्न खोज्दैछु म
    सम्हालिंदै आफैभित्र थोरै खुसि रोज्दै छु म
    बिर्सनलाइ बाध्य भएँ तिम्ले अति गरेपछि
    नखोज्नु है किनारमा मैले सागर तरेपछी !!
    *
    माया गर्ने मन दिए तिरस्कार पाएँ मैले
    अनायासै टुट्यो मन धेरै चोट खाएँ मैले
    दुख्नै छोड्यो बेदनाले मन मेरो मरेपछि
    नखोज्नु है किनारमा मैले सागर तरेपछी !!!
    *
    नखोज्नु है किनारमा मैले सागर तरेपछि
    आउछ दिन पर्खदैन समय त्यो टरेपछि !!!!

    गीत ,तिम्रै हात समाउने ..

    रहर लाग्यो खुशी भर्दै तिम्रै हात समाउँने
    तिम्रै न्यानो अंगालो मा लपेटिदै रमाउँने !
    *
    मायाँलुको मुटु भित्र सुस्त सुस्त बसाईं सर्दै
    जिन्दगीमा रंग भर्दै जवानीका बास्ना छर्दै
    अझै पनि लाग्छ आशा हाम्रो मायाँ जमाउँने
    तिम्रै न्यानो अंगालो मा लपेटिदै रमाउँने !!
    *
    सारा संसार भुलें मैले तिम्रै याद आइ दिंदा
    मोहनी त्यो रुप रंग आँखा भरि छाइ दिंदा
    छैन धोको तिमि बाहेक अरु केहि कमाउँने
    तिम्रै न्यानो अंगालो मा लपेटिदै रमाउँने !!!
    *
    रहर लाग्यो खुशी भर्दै तिम्रै हात समाउँने
    तिम्रै न्यानो अंगालो मा लपेटिदै रमाउँने !!!
    *
    बिमला अधिकारी
    रचना ; १२  आषाढ २०६९

    Sunday, August 12, 2012

    गजल


    भत्किएको झुपडी त्यो बार्न सकुँ भन्दै
    पर्देशिएँ अभाव त्यो टार्न सकुँ भन्दै !
    *
    बाध्यताको भेलसँगै बग्दै छु म अझै
    परिवारलाई भेलबाट तार्न सकुँ भन्दै !
    *
    सन्तानको आसुँ देख्दा चिरा पर्छ छाती
    गर्छु प्रण तिन्लाई खुशी पार्न सकुँ भन्दै !
    *
    संघर्षमै बित्यो जीवन रहर बिर्सिएर  
    गरिबिको वस्ती अन्तै  सार्न सकुँ भन्दै !
    *
    छोरा छोरी रुन्छन अरे आमा सम्झिएर
    हिंडेकी छु पीडा जति  मार्न सकुँ भन्दै !!
    बिमला अधिकारी
    रचना ; २० आषाढ २०६९

    ३ ,गजल

    बर्षौं पछी  भेट हुँदा कत्ति खुशी हुन्छौ होला
    भित्र -भित्रै गुम्सिएका पीडा पोखी रुन्छौ होला !
    *
    तिमी बिना मेरो जीवन अपुरो नै लाग्थ्यो सधैं
    सुस्त सुस्त माया गर्दै ति हातले छुन्छौ होला !
    *
    सत्रु मित्रु सबका हुन्छन भन्थ्यौ तिमी बारम्बार
    आफै भित्र हराउँदै  मनमा के के  गुन्छौ होला  !
    *
    जब मैले तिम्रो काखमा घोप्टिएर रुन थाल्छु
    अंगालोमा बेर्दै मलाइ आँसुको भेल थुन्छौ होला !
    *
    बिमला अधिकारी
    भरतपुर
    रचना ; १९ श्रावण २०६९  

    २. गजल

    तिम्लाई भेट्न आउदै छु म दिन गन सानु
    के के ल्याउँ तिम्रो लागी आजै भन सानु !
    *
    रुन्न अब तड्पिएर एक्लै बसी परदेशमा
    फर्कदैछु धेरै थोरै कमाएर धन सानु !
    *
    गरिबीले धकेलेर तिमी बाट टाढा भएँ
    दुवै मिली जाउँला अब पारी रन वन सानु !
    *
    तिम्लाई आफ्नो बनाएर एक्लै छोडी आए आज
    कति दुख्यो होला तिम्रो नौनी जस्तो मन सानु !
    *
    तिमि बिना टाढिएर बस्नु पर्दा जिन्दगीमा
    जति सोच्यो उति उति गल्ने रैछ तन सानु !
    *
    बिमला अधिकारी
    भरतपुर, चितवन /

    नुर

    • कुमार श्रेष्ठ "यात्री"
    साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात  बोक्राले ढाक्दैन तर उनीहरुको  शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।

    Friday, August 10, 2012

    मुक्तक


    देश हाक्नेको पारा त्यस्तै आफ्नो स्वार्थ मात्र हेरे
    जननीको ढुक ढुकिलाई आफ्नो फन्दा भित्र बेरे
    नत हाँसो दिन सके नत आँसु पुछ्न सके
    जन्मभुमी पीडा खेप्दै  निसासिदै रुदै छिन रे !

    गजल

    कस्लाई दोस दिनु मैले भाग्य फुटेपछी
    आफ्नो भन्ने बाट आफ्नै छाँया छुटेपछी !
    *
    दिन आउँछ पर्ख भन्यौ पर्खिएर बसें
    फ्याँकी दियौ दोबाटोमा अरु जुटेपछी  !
    *
    खुसी दिन्छु भन्थ्यौ हिजो आँसु मात्र पाएँ
    रित्तो मन समाल्दैछु यो तन्  लुटेपछी  !
    *
    नदिनु है कसैलाई मलाइ जस्तो चोट
    आफैंलाई  धिक्कार्दै छु मनले कुटेपछी  !
    *
    भैगो अब यो जिन्दगी  फाली दिन्छु बरु
    किन साँच्नु व्यर्थै खुशी सपना टुटे पछी !
    .*
    बिमला अधिकारी
    भरतपुर चितवन